सुनिला दोङ तामाङ
साईप्रस । तामाङ समुदायले मनाउँदै आएको साँस्कृतिक पर्व मन्जुश्री सम्बत २८५६, सोनाम ल्होछार जिवारनम्युङ ल्हो (मुसा वर्ग) साईप्रसमा भव्यताका साथ मनाइएको छ । नेपाल तामाङ घेदुङ, साईप्रसको आयोजनामा ल्होछारको अवसरमा ‘बृहत सांस्कृतिक कार्यक्रम’ सम्पन्न भएको हो ।
कार्यक्रमको हनरी काउनसिलर तथा प्रमुख अतिथि साईप्रसको डा. रामजीवन पन्जियारले उद्घाटन गरेका थिए । कार्यक्रमलाई भब्य र सभ्य बनाउन अतिथि कलाकारहरु चर्चित लोकप्रिय गायक तथा द मंगोलियन हार्टका राजु लामा, सेलो गायक तथा मोडल खेम मोक्तान तथा स्थानीय नेपाली कलाकारहरुको सहभागीता रहेका थिए ।

घेदुङ अध्यक्ष साङमो थोकर तामाङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । ‘कार्यक्रमलाई विभिन्न बाधा आरोह अबरोह विचमा पनि सफल पार्न दिनरात सक्रिय पूर्वक खटिनु हुने र आर्थिक भौतिक नैतिक सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमितिका साथीभाई दिदीबहिनीहरु, सल्लाकारज्यूहरु, साईप्रसमा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, साईप्रसमा सक्रिय नेपाली संघरसंस्थाहरु, प्रायोजक, मिडिया पार्टनरहरुलाई साधुवाद ।’ अध्यक्ष थोकरले भनिन्, ‘त्यस्तै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देश विदेशबाट समेत म र मेरो अनि तपाई र हाम्रो साझा संस्था नेपाल तामाङ घेदुङ, साईप्रसलाई माया गरेर नैतिक र भावानात्मक साथ सपोर्ट गर्नुहुने सबैलाई मनैदेखि धन्यावाद दिन चाहान्छु ।’
चर्चित गायक राजु लामासँगै साईप्रसमा रहेका नेपालीहरु झुमेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























