सुनिता दोङ तामाङ
कुर्दिस्तान । इराकमा रहेका नेपालीहरुले यस पटकको ग्याल्पो ल्होसार गायक दुर्गेश थापा र तेम्बो लामाका साथमा मनाउने तयारी गरेको छ ।
‘हाम्रो शेर्पा जातिको भाषा, धर्म, सँस्कृति र जातीय पहिचान, हाम्रो सान, हाम्रो जातीय रीतिरिवाज, भाषा र धर्मलाई सम्वद्र्धन गरि गरौं सम्मान’ भन्ने नाराका २१४७ औं च्या फो चिवा ल्हो ग्याल्पो ल्होसारको अवसरमा साँस्कृतिक धमाकाको आयोजना गरिएको छ ।
साँस्कृतिक धमाका आगामी फेब्रुअरी २८ तारिखका दिन हिमालयन शेर्पा युनिक ग्रुपले कुर्दिस्तानस्थित सुलेमानि सर्चिनारको कुर्दानिया हलमा हुने ग्रुपका अध्यक्ष ठूलोकान्छा शेर्पाले तेमाल अनलाईनलाई जानकारी दिए ।
शेर्पा जातिको रीतिरिवाज अनुसार पुजा गरि कार्यक्रमको उद्घाटन गरिने कार्यक्रम रहेका ग्रुपका संस्थापक ठिलेन शेर्पाले जानकारी दिए ।
कुर्दिस्तानमा कार्यरत सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागिताका लागि आयोजकले निम्तो दिएको छ ।

Comments

comments