भक्तपुर ।जिवा (नाम्युङ ल्हो )सोनाम ल्होछार मुल आयोजक समिति रामेछापले सुनापति गाउँपालिकाले २८५६ औं जिवा (नाम्युङ ल्हो)सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम हुने  भएका छ।
 नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङको प्रमुख अातिथ्यतामा हुने कार्यक्रमका विशेष अतिथि भने नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योञ्जन रहेका छन। माघ २७ गते सुनपाति गाउँपालिका वडा ३ साँदीडाँडामा हुने वृहत् सोनाम ल्होछार कार्यक्रम २०७६ हुने भएका छन् ।
उक्त ल्होछार कार्यक्रमबारे माउन्टेन मल्टिपल कन्सलटेन्सी प्रा लि को सभाहल भक्तपुरमा पत्रकार सम्मेलन गरि अायोजकले जानकारी दिएका हुन् ।
उक्त ल्होछार साँस्कृतिक कार्यक्रमलाई सांगीतिक मनोरञ्जन दिनका लागि राष्ट्रिय ख्यातिप्राप्त कलाकार वरिष्ठ गायक रोज मोक्तान, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा, चर्चित गायक शुक्र दोङ,चर्चित निर्मला घिसिङ ,चर्चित गायक अभिषेक मोक्तान, राजकुमार दोङ, पुष्प जनजागरण नृत्य र स्थानीय कलाकारहरुको साथमा बेजोड सांगीतिक प्रस्तुति रहेको बताएका छन् ।
कार्यक्रमबाट विभिन्न व्यक्तित्वहरुलाई सम्मानका साथै विभिन्न संघ,संस्थाहरुले तामाङ पहिचान मुलक बोन्वो, लामा र ताम्वाको विशेष संस्कृतिक झाकी र्याली पनि हुने पत्रकार सम्मेलनका संयोजक हिरालाल दोङले जानकारी दिएका हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।