तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा आज (विहिबार)बाट अध्यक्ष कप अन्तर वडा फूटवल प्रतियोगिता शुरु हुँदै छ । तेमाल गाउँपालिकाको आयोजनामा हुन गइरहेको खेल संयोजक तथा प्रवक्ता ज्ञानबहादुर तामाङले जानकारी दिएको छन् ।
प्रस्तावित तेमाल रंगशाला चापाखोरीमा हुन लागेको यस प्रतियोगिताको खेल अहिले ८ बजेटबाट शुरु हुने संयोजक तामाङले बताएका छन् ।
शुरुमा वडा नं. ५ पोखरी नारायनस्थन र वडा नं. ३ सरमथलि बीच हुने कार्यक्रम रहेको उनले बताए । त्यसैगरि बिहान १०ः३० बजे वडा नं. ६ ठूलोपर्सेल र वडा नं. ८ मेच्छे बीच, दिउसो १२ः०० वडा नं. ७ कुरुवस चापखोरी र वडा नं. ४ बोल्दे फेदिचे बीच र आजको अन्तिम खेल दिउसो १ः३० बजे वडा नं. १ सर्स्युखर्क र वडा नं. २ सर्स्युखर्क बीच हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।