दक्षिण कोरिया, साैल ।

मनाङ परिवार दक्षिण कोरियाले ‘आठौं तिलिचो कप’ प्रतियोगिता जुन दोस्रो साता १४ तारिख गर्ने भएको छ ।

प्रतियोगिता सुयोशन फुटबल मैदानमा हुने मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष विनराज गुरुङले जानकारी दिए । उनले खेल क्षेत्रका खेलप्रेमी र खेलाडीहरुलाई लक्षित गर्दै संस्थाले प्रतियोगिताको आयोजना गर्ने निर्णय भएको बताए ।

 

आयोजकले प्रतियोगिताको पुरस्कार भने केही दिनपछि सार्वजानिक गर्ने बताएको छ । आयोजकले खेलाडीहरुलाई प्रतियोगिताको लागि तयारी तीब्र गर्न अनुरोध समेत गरेको छ ।

Comments

comments