तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा अध्यक्ष कप अन्तर वडा फूटबल प्रतियोगिता विधिबत रुपमा उद्घाटन भएको छ । जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख उद्धव केसीले एक कार्यक्रमका बीच प्रतियोतिाको आज (बिहीबार) उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नमुना गाउँपालिका निर्माणको लागि युवाहरुलाई नै परिचालन गरिने पर्नेमा जोड दिए । प्रतियोगिताले तेमालका युवाहरुको प्रतिभालाई समेत एकीकृत गर्नेमा प्रमुख केसीले विस्वास व्यक्त गरे ।
‘तेमालमा भ्रमण वर्ष २०२० तथा ल्होछारको अवसर पारेर आन्तरिक पार्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको फुटबल प्रतियोगिताले तेमाल गाउँपालिका भित्र रहेका यूवाहरुको प्रतिभालाई एकिकृत गर्नेमा म विस्वस्त छु ।’ उनले भने, ‘नमुना तेमाल निर्माणका लागि युवालाई नै परिचालन गर्नुपर्दछ । अनि मात्र समृद्ध तेमाल बन्न सक्छ ।’

भिडियो हेर्नुहोस्ः

कार्यक्रमलाई सम्बोधन गर्दै रोशी गाउँपालिकाका अध्यक्ष डिबि लामाले तेमाल गाउँपालिकाबाट विकास निर्माणका नमुना कामहरु रोशी गाउँपालिकाले पनि अनुसरण गरेको बताउँदै आगामी दिनहरुमा अन्तर गाउँपालिका बीचमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

औपचारीक कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष सलाम सि तामाङले तेमाल गाउँपलिकाको विकासको मेरुदण्ड यूवा शक्ति भएकाले युवाको सर्वाङ्गीण विकासका लागि खेलकुदको आयोजना गरिएको प्रष्ट पारे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रवक्ता एवं खेलकुद संयोजक ज्ञानबहादुर तामाङ लगायतकाले मन्तव्य राखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले सञ्चालन गरेका उक्त कार्यक्रममा वडा नं. १ वडा अध्यक्ष मानबहादुर श्रेष्ठ, ३ का वडा अध्यक्ष विष्णुबहादुर लामा, ४ का वडा अध्यक्ष आसपुर लामा, ६ का वडा अध्यक्ष विकु मोक्तान, ८ का वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङ, ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा लगायतका सहभागीता रहेका थिए ।
आजको खेलको परिणामः
उदघाटन खेलको पहिलो दिन वडा नं ४ ले वडा न. ७ लाई १–० गोलले पराजित गरेको छ । यस्तै अर्को खेलमा वडा नं ५ ले वडा नं ३ लाई २–० गोलले पराजित गरेको छ । आजको अन्तिम खेलमा वडा नं १ लाई वडा नं २ ले २ का विरुद्ध ३ गोलले पराजित गरेको गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिए । प्रतियोगितामा पालिकाभित्रका ९ वटा वडाका ९ वटै टिम सहभागि छन् । प्रतियोगिता माघ २५ गतेसम्म चल्ने छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।