रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा गाउँपालिका स्तरीय सहकारी समन्वय समिति गठन भएको छ । जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहहरुमा सहकारी समन्वय समिति गठन गर्ने अभियान अन्तर्गत आज (विहिबार) एक भोलका बीच समिति गठन गरिएको हो ।
भेलाले रोशी बचत तथा ऋण सहकारी संस्था लि.का ज्ञानेन्द्र लामाको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति गठन गरिएको छ । सह–संयोजकमा बबिता बोहरा, एकिकृत शिखर महिला सहकारी, सचिवमा विकास लामा रोजिना बचत तथा ऋण सहकारी संस्था, र सदस्यहरुमा निर्जला आचार्य, श्याम कार्की, तुलबहादुर राना मगर, रीता कोइराला, कर्म लामा, नवराज लामा, तिलरुपा राय, सुरेन्द्रकुमार राय रहेका छन् ।
भेला जिल्ला सहकारी संघ लि. का अध्यक्ष विनोद पराजुलीको सभाततित्वमा सञ्चालित उक्त कार्यक्रममा उक्त पालिकाका १२ वटै वडामा गठन भई सञ्चालनमा रहेका सबै प्रकृतिका ३८ भन्दा बढी सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
७२ जना भन्दा बढी सहकारी संस्थाहरुका प्रतिनीधि उपस्थित रहेको उक्त कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मिकुमारी उप्रेती बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरु दाहालको बिशिष्ट रहेको थियो भने वडा अध्यक्षहरु पोष्टराज गौतम वडा नं ७, मिलन लामा वडा नं ११ तथा वडा नं १० का वडा अध्यक्ष दुधराज तामाङको समेत आतिथ्यता रहेको थियो ।

भेलामा जिल्ला सहकारी संघ लि ले जिल्ला सहकारीको भूमिका, हालसम्मका कार्यहरुका बारेमा जिल्ला सहकारी संघ लि. का सचिव दिलिप शर्माले प्रस्तुतीकरण गरेका थिए भने समन्वय समिति गठनका औचित्य तथा प्रमुख अतिथी तथा बिशिष्ट अतिथी र अतिथीहरुलाई स्वागत गर्दै कार्यक्रमको उपादेयता समेत जिल्ला सहकारी संघ लि का अध्यक्ष पराजुलीले प्रष्ट पारेका थिए ।

संघीय तथा प्रदेश सहकारी ऐन तथा नियमावली अनुसार स्थानीय पालिकास्तरमा कुनैपनि संघहरु दर्ता गर्ने प्रावधान नभएका कारण सहकारी संस्थाहरुको नियमन, दर्ता खारेजी, कानून निर्माण तथा कार्यविधिहरुका बारेमा कार्य गर्न र सहकारी प्रवद्र्धन संस्थाहरुको र विकासका लागि स्थनीय तहहरुमा एउटा संरचना आवश्यकता महसुश गरी जिल्ला सहकारी संघ लि ले जिल्लाका १३ मध्ये ९ वटा स्थानीय तहहरुमा सहकारी समन्वय समिति गठन गर्ने अभियानलाई तिब्र पारेको हो । फागुन महिना भित्र बाँकी ४ स्थानीय तहहरुमा समेत सहकारी समन्वय समिति निर्माण गरीसक्ने लक्ष्य लिएको संघका सचिव शर्माले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।