बनेपा । जिल्ला सहकारी संघ लि.द्वारा जिल्लामा रहेका विभिन्न प्रकृतीका १४० भन्दा बढी सहकारी संस्थाहरुको सहभागितामा सदस्य केन्द्रियता सुचकांकका आधारमा व्यवस्थापन प्रणाली सम्वन्धि गोष्ठी बनेपामा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सि.को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संघको शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक ठाकुरनाथ अधिाकारीको अध्यक्षतामा भएको हो ।
पानसमा दीपप्रज्वलन गर्दै भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि. का अध्यक्ष विनोद पराजुलीले स्वागत तथा कार्यक्रमको उपादेयताको बारेमा प्रकाश पार्दै सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघ लि. का सल्लाहाकार टिकाबल्दभ सापकोटा, जिल्ला कृषि सहकारी संघ लि का अध्यक्ष सुमन नेपाल सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका अधिकृत नारायण कार्कीको सहजिकरणमा उक्तकार्यक्रम भएको हो । सहकारी शिक्षा तथा सहकारीका आधारभूत बिषयबाट सुरु भएको उक्त कार्यक्रम सहकारीको परिचय, बिषेशता तथा महत्व आदिकाबारेमा जानकारी गराउँदै प्रशिक्षक रायण कार्कीले सहभागिहरुलाई सहकारी संस्था श्रमममा आधारित भई पूँजीलाई भन्दा परिश्रमलाई महत्वदिएर नै सहकारी संस्थाहरु अगाडि बढ्दा वास्तबमै सहकारी संस्थाहरु अविछिन्न रुपमा चलाउन सकिने जानकारी दिएका थिए ।
जिल्ला भित्र दर्ता भई सञ्चालनमा रहेका बिभिन्न प्रकृतिका सहकारी संस्थाहरुको सहभागिता रहेको उक्त कार्यक्रम नेपाल सरकार भूमिव्यवस्था सहकारी तथा गरिवीनिवारण मन्त्रालय सहकारी बिभागको सहयोगमा सञ्चालन भएको हो ।
कार्यक्रममा सदस्यता केन्द्रियताका बिषयमा जानकारी गराउँदै प्रशिक्ष नारायण कार्कीले सदस्यहरुलाई केन्द्रमा राखेर गरिने हरेक क्रियकलापहरु संस्थाले सञ्चालने गर्नुपर्ने जानकारी गराउनु भएको थियो । जसमा सदस्यको बल, बद्धि, सहित संस्था सदस्यको हितमा चल्नुपर्दछ र सदस्यले संस्थाले प्रदान गरेको सेवामा रहि सेवा उपभोग गर्ने बानीको विकास गर्नु नै उत्तम हुनेछ ।
सहकारी संस्था मूल्यांकन, सुचकांकका बिषेशतामा सरलता, लागत प्रभावकारीता, भरपर्दो जस्ता बिषयहरु जानकारी गराइएको हो । जसमा यसका मान्यता, औचित्य तथा सूचकहरुमा संस्थापकिय कारोवार, सञ्चालकीय सक्रियता, संरक्षकीय सम्वन्धनका बिषयमा समेत स्पष्ट पारिएको थियो ।
गोष्ठिमा सहभागिमध्ये विभिन्न खालका सहकारी संस्था सञ्चालन तथा व्यवस्थापनमा आइपरेका समस्याहरुकाबारेमा प्रश्नहरुकाबारेमा प्रशिक्षकले स्पष्ट पार्नुभएको थियो । तालिममा सहभागिहरुको तर्फबाट गोष्ठि अत्यन्तै राम्रो भएको र आगामीदिनहरुमा समेत यस्तै खालक विभिन्न शिर्षक अन्तर्गत तालिमहरु सञ्चालन गर्नका लागिजिल्ला सहकारी संघलाई सहभागिहरुको तर्फबाट अनुरोध समेत आएको जिल्ला सहकारी संघ लि का सचिव दिलप शर्माले जानकारी दिनु भयो । कार्यक्रममाजिल्ला सहकारी संघ लि. का सचिव शर्माले जिल्ला सहकारी संघ लि. मा सबै सहकारी संस्थाहरुले नियमित बचत, शेयर रकममा बृद्धि सदस्यतामा बृद्धि गर्दै ऋणमा सहभागिता भई अगाडि बढ्न सकेमा संघले यस्ता कायक्रमहरु समय समयमा समेत गर्न सजिलो हुने जानकारी गराउनु भएको थियो भने संघका अध्यक्ष पराजुलीले संघको बृद्धि विकासमा सबै ऐक्यबद्धता सधै रहने जानकारी गराउँदै कार्यक्रम सफल सम्पूर्ण सहभागिहरुमा धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो ।
जिल्ला सहकारी संघ लि ले आगामी फागुन महिनाभित्र कोपोमिस तथा सम्पत्ति सुद्दिकरण सम्वन्धि ४ वटा विभिन्न पालिकास्तरमा सम्पन्न गर्दैछ । जिल्लामा रहेका सहकारी संस्थाहरुको अभिभावकत्व भूमिका निर्बाह गर्दै आएको जिल्ला संघले १३ वटै स्थानीय तहहरुमा पालिकास्तरीय सहकारी समन्वय समिति तथ क्षमता विकासक विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै सहकारी प्रवद्र्धन र विकासमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।