रामेछाप । रामेछापका सुनापतिमा हुने सोनाम ल्होछार वृहत् साँस्कृतिक कार्यक्रम २०७६को सम्पूर्ण तयारी पूरा भएको छ।

जिवा (नाम्युङ ल्हो )सोनाम ल्होछार मुल आयोजक समिति रामेछापले सुनापति गाउँपालिकामा २८५६ औं जिवा (नाम्युङ ल्हो)सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम वडा ३ साँदीडाँडामा मनाउन लागेका हो।

माघ २७ गते रामेछापका सुनापति गाउँपालिका वडा न ३ साँदीडाँडामा तामाङ समुदायको ठुलो संस्था नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङको प्रमुख अातिथ्यतामा हुने कार्यक्रमका विशेष अतिथि भने नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योञ्जन लगायत अन्य संघ, संस्थाहरु पनि अाउने जानकारी अायोजकले दिएका छन् ।

उक्त ल्होछार साँस्कृतिक कार्यक्रमलाई सांगीतिक मनोरञ्जन दिनका लागि राष्ट्रिय ख्यातिप्राप्त कलाकार वरिष्ठ गायक रोज मोक्तान, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा, चर्चित गायक शुक्र दोङ,चर्चित निर्मला घिसिङ ,चर्चित गायक अभिषेक मोक्तान, राजकुमार दोङ, पुष्प जनजागरण नृत्य र स्थानीय कलाकारहरुको साथमा बेजोड सांगीतिक प्रस्तुति रहेको बताएका छन् ।

कार्यक्रमबाट विभिन्न व्यक्तित्वहरुलाई सम्मानका साथै विभिन्न संघ,संस्थाहरुले तामाङ पहिचान मुलक बोन्वो, लामा र ताम्वाको विशेष संस्कृतिक झाकी र्याली पनि हुने बताएका छन् ।उक्त कार्यक्रम संचारकर्मी  कर्म लामा र सुर्य मोक्तानले सञ्चालन गर्ने भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।