सुनिता दोङ तामाङ
इराक । इराकमा रहेका नेपालीहरुले २८५६ सोनाम ल्होछार चर्चित गायक मंगोलियन हार्टका राजु लामा र संगीतकार एवं गायक विश्व दोङको साथमा मनाएका छन् । नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको आयोजनामा साँस्कृतिक कार्यक्रममा पुगेका गायकद्वय लामा र दोङका साथ सोनाम ल्होछार मनाएका हुन् ।
‘तामाङ भाषा, धर्म, सँस्कृति, परम्पराको संरक्षण गरौं, २८५६ औं जिवा ल्हो (मुसा वर्ग) सोनाम ल्होछार भव्यताका साथ सफल पारौं’ भन्ने मूल नाराका साथ साँस्कृतिक कार्यक्रम फेब्रुअरी ७ तारिखका दिन सम्पन्न भएको थियो ।

ल्होछारलाई उत्सवमय बनाउन नेपालबाट चर्चित गायकहरु राजुल लामा र विश्व दोङ इराक पुगेका थिए । ‘ल्होछारलाई उत्सवमय बनाउन र ल्होछार हाम्रो मौलिक चाड मात्र नभएर नयाँ वर्ष पनि हो भन्ने सन्देश दिन हामीले सफल भएका छौं ।’ कार्यक्रम संयोजक दिलकुमार तामाङले भने, ‘विदेशमा रहन बाध्य भएपनि हामीले आफ्नो सँस्कारलाई भुल्न सक्दैनौं र भुल्नु हुन्न भन्ने सन्देश दिन हामी सफल भएका छौं ।’

नेपाल तामाङ घेदुङ इराकका अध्यक्ष च्याङ्बा लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल सेना संयुक्त राष्ट्र संघ शान्ति मिसन युनिट इराक प्रमुख सेनानी दुर्ग बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बिशेष अतिथी राजेन्द्र बोगटी, क्याप्टेन हर्क बहादुर तामाङ, हामा हजार महामद रहेका थिए ।
कार्यक्रमको सञ्चालन भन राम बहादुर तामङ र रोबिन तामाङले गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरु कान्छा लामा तामाङ, साजन शेर्पा र सन्दीप श्रेष्ठले पनि आ–आफ्नो प्रस्तुती पस्केका थिए ।

Comments

comments