काठमाडौं । अन्तर्रास्ट्रिय तामाङ परिषद् युरोप च्याप्टरको प्रथम सम्मेलन शनिबार ब्रसेल्समा सम्पन्न भएको छ । सम्मेलन नेपाली दूतावास बेल्जियमका उपनियोग प्रमुख सुधिर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सम्मेलनले बि.बि. तामाङ (ईजराईल)लाई संयोजक र सुशील स्याङतन (पोर्तुगाल) लाई सचिवमा निर्वाचित गरेको छ । सदस्यहरुमा भरत लामा बेल्जियम, अनिता लामा बेल्जियम, सुनिता लामा ब्लोन, मिङमार लामा, पृतम लामा, प्रदिप लामा पोर्तुगाल, शोभा लामा यालमार स्वीजरल्यान्ड, झोरमान वाईब नर्वे, जोन लामा जर्मन, बिनोद लामा मोक्तान स्पेन, अन्जु लामा योन्जन बेलायत, ज्योती घिसिङ बेल्जियम रहेका छन् ।
सम्मेलनले मानवीय सहयोग लगाएत तामाङ समुदायको शिक्षाको क्षेत्रमा केही सहयोग गर्ने योजनाको साथ परोपकारी कोष संकलन गर्नको लागि अन्जु तामाङ योन्जन (बेलायत) संयोजक रहेको समिति समेत गठन गरेको छ । कोषको सदस्यहरुमा शोभा लामा यलमार, सुनिता ल्बोन, रेशम लामा र दावा स्याङ्बो रहेका छन् ।
त्यसै गरि तामाङ जातिको कला सँस्कृतिलाई जगेर्ना गर्दै युरोपका नयाँ तामाङ बालबालिकालाई प्रसिक्षित गर्ने हेतुले अजय लोप्चन तामाङको संयोजकत्वमा साँस्कृतिक समिति र युरोपमा रहेका तामाङहरुको संयुक्त लगानिको प्रयत्न गर्नको लागि जानकी दोङ तामाङलाई संयोजकमा चयन गरेको छ ।
कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाको सकृय सहाभागी र सहयोग सल्लाह रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























