रामेछाप । रामेछापको सुनापति गाउँपालिका ३ हिलेदेवी सांदीडाँडामा जिवा नाम्युङ सोनाम ल्होछार तथा वृहत् साँस्कृतिक कार्यक्रम माघ २७ गते भव्य रुपमा सम्पन्न भएको छ।
नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङको प्रमुख अातिथ्यतामा जिवा नाम्युाङ सोनाम ल्होछार वृहत् साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।उक्त कार्यक्रममा विशेष अतिथि नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योञ्जन,विशेष अतिथि तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर,तामाङ विशेष अतिथि सुनापति गा.पा उपाध्यक्ष गीता बिष्ट, फाउन्डेसन नेपालका अध्यक्ष अरुण घिसिङ,अतिथि नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, तामाङ युवा घेदुङका संघीय अध्यक्ष विलाम मोक्तान,रविन्द्र थिङ, बाबुलाल तामाङ, रामकृष्ण तामाङ,र सुनापति गा.पा का वडा अध्यक्ष लगायतका अतिथिहरु उपस्थिति भएका थिए।
तामाङ बोन्पो, लामा ,तम्वाको झाँकी र्यालीहरु कार्यक्रम स्थलमा परिणत भएपछि कार्यक्रम शुरु गरेको थियोे ।
प्रमुख अतिथि गोलेले हामीलाई राज्यले अन्य, अत्तिचार गरेर छ ,हाम्रो पहिचान माथि प्रहार गरेका छन् भनेर आक्रोश पनि व्यक्त गरेका थिए।प्रदेश नं ३लाई वाग्मतीको नाम दिएर नेवा-ताम्सालिङ माथि प्रहार गरेर बहादुरी देखाउने सरकारलाई अब संस्कृतिक जागरण अान्दोलनबाट जनताको शक्ति देखाउने दिन अाएको र अावश्यक भएको खण्डमा बलिदान दिन पनि अाफु तयार रहेको बताएका छन् ।
त्यसैगरी मन्तव्य क्रममा राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योञ्जनले भने हामी एक ढिक्का भएर हाम्रो समुदायको लागि अगाडि बढ्नुपर्ने बताएका थिए भने चलचित्र संघका अध्यक्ष विकु थोकरले भने पहिचान विरोधीहरुलाई अब बहिष्कार गर्नुपर्ने बताएका थिए।
जिवा नाम्युङ सोनाम ल्होछार सुनापति मुल अायोजक समितिले अायोजना गरेको थियो भने ल्होछार साँस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकार वरिष्ठ गायक रोज मोक्तान, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा, चर्चित गायक शुक्र दोङ,चर्चित निर्मला घिसिङ ,चर्चित गायक अभिषेक मोक्तान, राजकुमार दोङ, पुष्प जनजागरण नृत्य र स्थानीय कलाकारहरुको साथमा बेजोड सांगीतिक प्रस्तुति राखेको थियोे।
उक्त कार्यक्रमका स्वागत मन्तव्य राजुबावु मोक्तानले गरेको थियोे भने सभापति उतम तामाङ कार्यक्रम संचारकर्मी कर्म लामा र सुर्य मोक्तानले सञ्चालन गरेका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























