तेमाल । काभ्रेको ऐतिहासिक तेमाल गाउँपालिका १ आधाबाट(डहुन्हान)मा २८औं जिवा नाम्युङ सोनाम ल्होछार कार्यक्रम तेमाल गाउँपालिका अध्यक्ष सलाम सि तामाङको प्रमुख अातिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रमलाई प्रमुख अतिथि ते गा.पा अध्यक्ष सलाम सि तामाङले तामाङहरुको एकताको प्रतिक डम्फू बजाएर उद्घाटन गरेका थियोे ।
कार्यक्रममा बिशेष अतिथि लामा गुरु खेन्पो सोनाम ग्युर्मे तामाङ युवा नेता ईन्द्र तामाङ, जेनिस दोङ,तेमाल सरकारका प्रवक्ता ज्ञानु तामाङ,हाम्रो समृद्ध नेपालका सचिव सरोज लामा लगायतका विभिन्न संघ,संस्थाका अतिथिहरु उपस्थिति रहेको थियोे ।
मन्तव्यको क्रममा तेमाल गाउँपालिका अध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथि सलाम सि तामाङले भन्नुभयो तेमाल तामाङहरुको भाषा, धर्म, संस्कार र संस्कृतिक दृष्टिकोणबाट अत्ति नै महत्त्वपूर्ण ठाउँ रहेको हुनाले अब साँच्चिकै तामाङ समुदायकै गर्व हुने तेमालको अवधारणा तय भएको जानकारी गराएका थिए।तेमालको दोर्जे डाँडामा(दोर्जे गाङमा)विश्वकै ठुलो दोर्जे निर्माण गर्ने र तेमाल डाँडामा डम्फू पार्क निर्माण गर्ने बताएका छन् ।
विशेष अतिथि खेन्पो लामागुरु सोनम ग्युर्मे तामाङद्वारा तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछारको महत्त्व बारे ल्होछार प्रवचनका साथै छेःवाङ गरेका थिए।
कार्यक्रममा चर्चित गायक तथा संगीतकार विश्व दोङ,पहिलो तामाङ र्यापार चर्चित युवा गायक उत्तर लामा संगुल,चर्चित सेलो गायक फूलकुमार बम्जन,सांगीतक उचाईकी गायिका निर्मला घिसिङ, विहिन दोङसाथै तामाङ चलचित्रका चर्चित नायक तथा निर्देशक अमिर दोङ,नायिका सुस्मा मोक्तान,मोडल मोनिका लामा,स्थानिय कलाकार कर्म लामा,विक्की दोङ,जेवि लामा तथा ताम्बा,गान्बा र स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुती राखेको थियोे।
तेमाल फाउण्डेशन र तामाङ संस्कृति प्रबर्द्धन कार्यक्रम व्यवस्थापन समितिको संयुक्त अायोजनामा भएको कार्यक्रममा वडाध्यक्ष मान वहादुर श्रेष्ठको भापतित्वमा भएको थियोे भने पत्रकार तथा सञ्चारकर्मी जगतमान वल र मिक्साङ वाइवाले कार्यक्रम सञ्चालन गरेका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।