धुलिखेल । फागुन १ गतेबाट शुरु भएको काभ्रेको महाभारत गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो अध्यक्ष कप प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोतिगा आईतबार सम्पन्न भएको हो ।

प्रतियोगितामा वडा नम्बर ८ को जनकल्याण माध्यामिक विद्यालय प्रथम भएको छ । उक्त विद्यालयलले ३२ अंक बटुल्दै नगद ५० हजार पुरस्कार सहित पहिलो भएको हो । त्यसैगरी वडा नम्बर १ को गोकुले माध्यमिक विद्यालय दोस्रा भएको छ । उक्त विद्यालयले २२ अंकका साथ ४० हजार पुरस्कार सहित दोस्रो भएको हो ।
त्यस्तै वडा नम्बर ५ को ग्रामोन्नती माध्यमिक विद्यालयले १५ अंक ल्याएर तेस्रो भएको छ । उसले ३० हजार नगद पुरस्कार प्राप्त गरेको पालिकाका प्रवक्ता रविन मोक्तानले जानकारी दिए ।
प्रतियोगीतामा कवड्डी, भलिबल, लङ जम्प, हाई जम्प, २ सय र ३ सय मिटर दौड, ज्याब्लीङ थ्रो लगायतका ११ ओटा बिधाका खेलमा पालिकाभित्रका ७ ओटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागि भएका थिए ।
बिजेता खेलाडीलाई गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले पुरस्कार बितरण गरेका थिए । ‘समामपन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जिम्बाले खेलमा सहभागी तथा विजेता सबैलाई बधाई दिएका दिंदै खेलमा सहभागी भएकोमा सबैलाई धन्यवाद दिए । साथै जिम्बाले स्वस्थ, अनुशासन र गतिशिल मानव जीवन भएकोले खेलको महत्व जीवनसँग गाँसेको चर्चा गरेका थिए । आगामी दिनहरुमा हरेका खेललाई व्यवस्थित तरिकाले अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

Comments

comments