दक्षिण कोरिया, सौल ।
ल्होसार ल्हाब्सोल सउल नेपाल गुम्बाको संयोजकत्व, नेपाल बौध्द परिवार, नागार्जुन गुम्बाको सहकार्य र जनजाती महासंघको सहयोगमा कार्यक्रम हुने भएको छ ।
नेपालबाट बुद्धको प्रतिमा ल्याई स्थापित स्थान, धर्मिक तथा पर्यटकीय स्थल दक्षिण कोरियाको योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인)मा मार्च १ तारिख आईतबार नेपाली राजदुतावासको प्रमुख आतिथ्यता हुने सउल नेपाल गुम्बा व्यवस्थापन समितिका सचिब अमिर योन्जनले जानकारी दिए ।
आ-आफ्नो देशको धर्म कला सांस्कृति र परम्परा अनुसार मन्ने तरिकाहरू केही फरक पर्न सक्दछ । त्यसैगरी औंसीका दिन सरसफाई र भोलिपल्ट नयाँ वर्षको स्वागत गरिन्छ ।
लोसार (नयाँ वर्ष) पहिलो दिन मान्ने मन्यजनहरू, गुरू, बुवाआमा, इष्टामित्र, घरपरिवारबीच एकआपसमा रमाईलो गरी शुभकामना (आशिर्वाद/मोलम) अदानप्रदान गरीने रमाईलो चाडका रूपमा मानिन्छ ।
त्यसै गरेर लोसार (छेपा-सुं) तृतीय- पूह्री सम्ममा धार्च्योगका साथै लुङताहरू विभिन्न बौध्द मन्त्र छापेको लुङत, पन्चरंगी ध्वजाहरू आग्लो आग्लो डाँडामा वा आफ्नो घर–घरमा धार्च्योग् चढाउने लुङता हावालाई चढाई ल्हाब्सोल भगवानहरूप्रति जय जयकार गरिने प्रचलन रहेकोले यसपाली पनि कोरियमा रहेका नेपालीहरूले जातीय कला, सांस्कृति र भेषभूषामा आ-आफ्नो जातिय नृत्यका साथ भव्य प्रस्तुती रहने छ ।
कार्यक्रममा सम्पूर्ण स्वदेश तथा बिदेशमा रहेका नेपाली र कोरियान बौध्दमार्गीहरू संगको आपसमा भाइचरासहित दुइ देश नेपाल र कोरियाबीच शान्ति र समझौता छिट्टै कायम भै विश्वशान्ती छाइयोस् भन्ने उध्देश्यले यस ल्हाब्सोल कार्यक्रम आयोजना गर्न गइरहेका छौं ।
दुइ देशको नागारिक सुमधुर सम्बन्ध, सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य र विश्वशान्ति लागी यो ल्हाब्सोल कार्यक्रम अति नै अवश्यक महत्वपूर्ण रहेको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । त्यसैले उक्त मिति, समय र स्थानमा नेपाली तथा कोरियान सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूको गरिमामय उपस्थितिका लागि समेत प्रमुख लामाले निमन्त्रणासंगै हार्दिक अनुरोध गरेका छन् ।
उक्त कार्यक्रम स्थलमा जान दोङदेमुनबाट प्रस्थान विहान ठिक कोरियन समय ८ बजे बसको व्यवस्था पनि गरिएको छ ।
जोकोही सहयोग (दान) गर्न ईच्छुक दाताहरूले धार्मिक कार्यक्रममा भोजन तथा चियापानको लागी सहयोगको पनि अपेक्षा राख्दछौं। स्वैच्छिक सहयोगका लागि सम्पर्क नं.: 010-8534-7919 मा फोन गर्न सक्नुहुनेछ ।

























