मलाई खुशी लागेको छ । केही समय अन्तरल पछि धुलिखेल नगरपालिकामा आउँदा बेग्लै उत्साह, उमांग, विकासको बेग्लै संकल्प पाएको छु । बेग्लै परिवर्तन पाएको छु ।
यस वसरमा धुलिखेल नगरपालिकाको २४ औं स्थापना दिवसमा सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । नगरपालिकाको उत्तरोत्तर, चौतर्फी बहुआयमिक विकासको लागि हार्दिक शुभकामना भन्न चाहन्छु ।
धुलिखेल नगरपालिकाले ३३ वर्ष पूरा गरेको छ । ३४ वर्षमा प्रवेश गरेको छ । यी वर्षहरु एक ढंगले सफलताको वर्षहरु रहे । त्यस माथि पनि यता अहिले निकट विगतका वर्षहरु, गएका २ वर्ष धुलिखेल नगरपालिकाको कायाकल्प गर्ने सवालमा, यसको विकासलाई चौतर्फी विकास गर्ने कुरामा मलाई अत्यन्त खुशी लागेको छ ।
यसै नगरपालिकाको काभ्रेभञ्ज्याङमा हामीले जननेता मदन भण्डारीको शालिक केही समय अगाडी अनावरण गर्ययौं । म, देशलाई कसरी अगाडि बढाउनुपर्छ, देशमा कस्तो लोकतन्त्र हुनुपर्छ भनेर देशमा जनताको लोकतन्तत्रको वकालत गर्ने, शान्ति र शुसानको वकालग गर्ने, विकासको आफ्नै तरिका र बाटो हुन्छ भनेर नेपाललाई तिब्र विकासको बाटेमा लान सकिन्छ भनेर नयाँ अत्म विस्वास जगाउने जननेता मदन भण्डारीलाई आदर सम्मान व्यक्त गर्न चाहन्छु । श्रद्धा सुमान व्यक्त गर्न चाहन्छु ।
शालिक स्थापना भएकोमा नगरपालिकालाई धन्यवाद । तपाईंहरुले देशका लागि जीवन अर्पन गर्ने, देशलाई नयाँ बाटो दिन सक्ने त्यस्तो नेताको सम्मान गर्नु भएको छ, स्मरण गर्नुभएको छ । यो नेपालीहरुको कृतज्ञता अर्पन गर्ने प्रतीक पनि हो ।
आज यस नगरपालिकाले नगरपाकिलाको सिमा भित्र मात्र होइन, देश भित्रका सबै नगरपालिकाको नेतृत्व गरेको छ । यस नगरपालिकाका मेयर अशोक व्याञ्जु देश भरिका नगरपालिकाका प्रतिनिधिहरुद्वारा निर्वाचित अध्यक्ष पनि हुनुहुन्छ । म उहाँलाई त्यस विस्वासका लागि पनि बधाई भन्न चाहन्छु । यहाँ सफलता पूर्वक नेतृत्व गरिरहनु भएको त्यसको लागि पनि धन्यवाद । सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।
अशोक व्याञ्जुलाई देश भरिका नगरपालिकाहरुले त्यतिकै अध्यक्ष चुनेनन् होला । उहाँमा केही क्षमता देखेर चुने । काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ ।
आज देशमा राजनीतिक तुलो राख्ने हो भने, तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्को तिर अरु सबै जस्तो भएको छ । सरकारको विरोध गर्नुपर्ययो भने गोकुल बाँस्कोटा तिर हेर्ने वित्तिकै चुपो लाग्नुपर्ने । त्यस्तै विस्वविद्यालय हेर्दा यहीको विश्वविद्यालय नेपालका विश्व विद्यालयहरु मध्य धुलिखेलको काठमाडौ विश्वविद्यालय सबै भन्दा अगाडि छ ।
नगरहरुमा धुलिखेल, धुलिखेलका मेयरलाई सबै मेयरले आफ्नो मेयर ठानेका छन् । अघि मैले मेयरबाट सुने । थाहा पाएँ । यो जिल्ला सबै चिज भएको जिल्ला छ । शक्तिशाली देवी देवता पनि यहीं छ । नमोबुद्ध यहीं छ । अरु यस्तो कति छ कति ।
यो ठाउँ अधिनिकीकरणको दिशामा अघि बढ्दै छ । यहाँ एकसे एक राम्रो काम गरेर पुरस्कृत हुँदै हुनुहुन्छ । राम्रो काममा प्रतिस्पर्धा हुँदै छ । म जिल्ला बासी दिदीबहिनी दाजुभाईहरुलाई जनप्रतिनिधिहरुलाई र कर्मचरी मित्रहरुलाई आग्रह गर्न चाहन्छु, सम्पुर्ण प्रयास यस जिल्लाको विकास र आधुनिकीकरण तिर लगाउनुहोस् । र यो जिल्ला साग सब्जीका लागि प्रख्यात छ, यसलाई अग्र्यानिकका लागि कोसिश गर्नुहोस । यो जिल्ला फलफूलका लागि प्रसिद्ध हुँदै आएको छ । यसलाई अगाडि बढाउनुहोस् । अरु विविध क्षेत्रमा पनि यस जिल्लाले किर्तिमान राख्दै जान्छ ।
आज नेपाल परिवर्तनको तिब्र बेगमा छ । त्यसकारण कतिपय मान्छेहरु आत्तिएका छन् । यहाँ आउनु भन्दा अघि मात्र हामीले टेलिफोनको तारहरु झुन्ड्याउनु नपर्ने, जमिमुनी राख्नुपर्ने कामको शिलान्यास गरेको छौं ।
८८ प्रतिशत भन्दा बढी जनसंख्या विद्युतको पहुँचमा पुगीसक्यो । २ वर्ष भित्रमा बाँकी १२ प्रतिशतलाई पनि हामी पुर्ययाउँछौं । अब स्मार्ट मिटर राख्दै छौं । मेलम्ची खानेपानी ल्याएर काठमाडौंको खानेपानी अभाव न्यून गर्नेर्छौ । फोरजी सेवा सबै जिल्लमा पुगेको छ । डिजिटल नेपाल बनाउने यसबाटोमा हामी अगाडि बढ्दै छौं ।
हाम्रो देशमा विकासका कुरा भनेको पूँजीपतिले पैसा कमाउने मात्रै विकास होइन, विकास गर्वमा रहेको बच्चादेखि, भ्रुन देखि लिएर जिवन बाँचुञ्जेलसम्म मानिसको हेरविचार गर्ने, मानिसको त्यस्तो विकास हामी गर्छौं । वावालिकाको क्षेत्रमा, सडक वाललवालिका हामीले सडकमा कहीं राख्ने छैनौ । सडक मान्छे, त्यो पनि अब नेपालमा हुने छैन । खान लाउन नपाउने नोपलमा हुनेछैन । भोकै भएर मर्ने अब त्यस्तो हुँदैन । किनकी नेपालमा जनताको सरकार छ, जनताको सरकारले पुर्ययाउँछ ।
तसर्थ यो जनताका लागि, महिलाका उत्थानका लागि, पछाडि परेकाको उत्थानका लागि, युवाहरु विदेश पलायन नहुनका लागि, यही देशमा हामीले श्रम सामर्थलाई शिप युक्त बनाएर दक्ष जनशक्ति निर्माण गर्ने, शिक्षालाई जिवन उपयोगी बनाउने छौं । अब वालवालिकालाई सत प्रतिशत विद्यालय पुर्ययाउनेछौं ।
(२०७६ साल फागुन ५ गते धुलिखेल नगरपाकिलाको ३४ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संबोधनको संपादित अंश ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























