बनेपा । विन्धावासिनी बचत तथा ऋण सहकारी संस्थाले आपफ्नो २७ औं स्थापना दिवस मनाइएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत तथा सवल, सुरक्षित र दिगो वित्तीय सहकारीको रुपमा रहेको यस सहकारीको स्थापना दिवस आज (मंगलबार) विविध कार्यक्रमका साथ मनाइएको हो ।
स्थापना दिवस कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कँडेलले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष काँडेलले सबै सहकारी संस्थाहरु सहकारीकै मर्म अनुसार चल्नु पर्नेमा जोड दिँदै सहकारी कै कारण अर्थतन्त्र बजबुद हुँदै गएको दावी गरे ।
‘सहकारी भनेकै गाउँ–गाउँमा छरिएका थोरै पैसालाई जम्मा गरेर त्यहिका सदस्यहरुको हितमा खर्च गर्नुपर्ने हो, सबै सहकारी संस्थाहरु सहकारीकै मर्म अनुसार चल्नुपर्छ, उनले भने ‘सहकारीकै कारण अर्थतन्त्र मजबुद हुदैँछ ।’
स्थापना दिवसको अवसमा सहकारीले २ सय २३ जना असल ऋणीहरुलाई सहुलियत परिचयपत्र दिएको छ । त्यस्तै ३ जना दलित बालबालिकालाई छात्रबृत्ति दिइएको छ । छात्रबृत्ति पाउनेहरुमा पनौती–५ की एरोना तोलांगे, बनेपा–१० की कृष्टिना रम्तेल र बेथानचोक–२ की गुञ्जना विक रहेका छन् । त्यस्तै दिर्घ सेवा पदकबाट २० वर्ष सेवा गरेका विश्वनाथ गरागाईं सम्मानित भउका छन् । उत्कृष्ट सेवा केन्द्रको रुपमा पनौति सेवा कार्यालय छनौट भएको छ । यस सेवा कार्यालयले १० हजार नगद पुरस्कार समेत पाएको छ ।
त्यसैगरि उत्कृष्ट कर्मचारी पाँचखाल सेवा कार्यालयमा कार्यरत गंगानाथ दंगलले ७ हजार नगद पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन् । सो अवसरमा ५० जनाले रक्तदान समेत गरेका छन् ।
पनौतीको खोपासीमा मुख्य कार्यालय रहेको यस सहकारी संस्थामा ३५ हजार ७ सय १० जना रहेको सहकारीका प्रमुख प्रबन्धक केबी लामा स्याङतानले जानकारी दिए । स्याङतानका अनुसार सहकारीमा बाल बचतकर्ता ७ हजार ३ सय ७० जना रहेकाछन् ।
कार्यक्रममा विशेष अतिथिको रुपमा राष्ट्रिय सहकारी बंैक लिमिटेडका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण सहकारी संस्था लिं का अध्यक्ष परितोष पौडेल लगायतका रहेका थिए ।
कार्यक्रमको सभापतित्व अध्यक्ष प्रदिप थापाले गरेका थिए भने सञ्चालन त्रिलोचन घिमिरेले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























