बिगत एक दशक देखि पत्रकारिता जगतमा परिचित नाम हुन् जयन कुमार मोक्तान । तामाङ जातिको उत्थान तथा तामाङ भाषा संस्कृति तथा मुल्य मान्यताको नारा सार्दै हिड्ने एक अभियान्तको रुपमा चिनिने मोक्तान हाल पत्रकारिता छोडेर आबा ङाछा नामक टेलि शृङ्खला निर्माण तर्फ अग्रसर भएका छन् ।सामाजिक जनचेतना मूलक कथाबस्तुमा निर्माण भएको टेलि श्रृङ्खला हुन्। उनले कथा सिने एक्सप्रेस नामक मासिक पत्रिकाको सम्पादकको रुपमा लामो समय काम गरेका थिए ।
पछिल्लो समय मोक्तान पत्रकारिता क्षेत्रमा मात्र नभई उनले तामाङ चलचित्रमा निर्देशन तथा नृत्य निर्देशन समेत गर्दै आएका छन् । थुप्रै तामाङ चलचित्रमा नृत्य निर्देशन गरेका मोक्तानले तामाङ सेलो र नेपाली गीतहरुको सयौं म्युजिक भिडियो पनि निर्देशन गरिसकेका छन् । भिडियो सम्पादन देखि छायांङकनको काम समेत आफै गर्ने मोक्तान आफ्नो कृति तामाङ चलचित्र अभिलेख पुस्तक पनि बजारमा प्रकाशन भएको छ ।
तामाङ सिने जगतमा लामो अनुभव बटुलेका मोक्तान हाल तामाङ भाषाको हाँस्य ब्यङ्ग्य श्रृङ्खला आबा ङाच्छा टि एफ युट्युब च्यानल(टिभी फिल्मी) मार्फत दर्शक माँझ ल्याएका छन्। अस्थायी काठमाण्डौ बसोबास रहेको मोक्तान रामेछाप जिल्ला लखनपुर -८ ,साविकको दोरोम्बा गाउँपालिका ७ निबासी हुन् ।
आबा ङाच्छा भाग–१
आबा ङाच्छा भाग–२
आबा ङाच्छा भाग–३
आबा ङाच्छा भाग–४
आबा ङाच्छा भाग–५
आबा ङाच्छा भाग–६
आबा ङाच्छा भाग–७
आबा ङाच्छा भाग–८
























