बनेपा । काभ्रेको बनेपामा वागमती प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । घरेलु तथा साना उद्योग महासंघ काभ्रेले शुक्रबार बनेपामा पत्रकार सम्मेलन मार्फत महोत्सवको जानकारी दिएको हो ।
आयोजकका अनुसार महोत्सव फागुन २१ देखि चैत २ गतेसम्म हुनेछ ।
प्रदर्शनी तथा महोत्सवमा ४ वटा स्टलहरु रहने महासंघका अध्यक्ष सुवासना श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिईन् । ‘४ वटा स्टल रहने छ । ८० हजारभन्दा बढीले अवलोकन गर्ने हाम्रो अनुमान छ ।’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘प्रदर्शनीमा बागमती प्रदेशको १३ वाटै जिल्लाका महिला उद्यमी र कृषि ब्यवसायमा संलग्न उद्यमीहरु सहभागि हुनेछन् ।’
प्रर्दशनी बागमती प्रदेशलाई समेटेर गर्न लागेकोले सबै जिल्लाबाट सहभागीता रहने उनले बताईन् ।
प्रदर्शनीको एकदिन लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामानको बजार पहुँच, प्रविधि प्रतिस्थापन, स्वदेशी वस्तुको प्रयोग, महिला उद्यमीहरुको अवस्था, अवसर र चुनौतीका विषयमा अन्तरक्रिया समेत हुने आयोजकले जानकारी दिएको छ ।

Comments

comments