मण्डनदेउपुर । जिल्ला सहकारी संघ लि. काभ्रेको पहलमा गठन भएको मण्डनदेउपुर नगरस्तरीय सहकारी समन्वय समितिको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको सहयोगमा नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुका लागि सहकारी संस्थाहरुमा प्रभावकारी व्यवस्थापन सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ ।
प्रमुख अतिथी नगर प्रमुख टोकबहादुर वाईवाले सहकारी बृद्धि विकासका लागि नगरपालिकाको तर्फबाट आर्थिक तथा कानूनी रुपमा सहयोग गर्दै आइरहेको स्मरण गराउदै प्रत्येक वडामा कृषिसँगै जोडेर १२ लाख रुपैयाँ भन्दा बढी रकमको समेत सहयो गर्दै आइरहेकोमा समयमा उक्त आर्थिक पाटोमा पारदर्शी रुपमा कार्य सम्पादन गर्न र प्रस्तावना लिएर नगरपालिकालाई समेत सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि का सचिव दिलिप शर्माले सहकारी संस्थाहरुको भूमिका परिवर्तन गर्दै आम किसानहरुको ओठमा खुसि ल्याउने कार्यमा लाग्न ढिला भैसकेको र सहकारी अभियानलाई सार्थक नियकर्षमा पुर्याउनका लागि सहकारी सिद्धान्त, नीति, विधि तथा प्रविसिध अन्तर्गत अगाडि नबढे अबका दिनहरुमा समस्या उत्पन्न हुन सक्ने हुनाले स्थानीय स्तरमा भएका बिषय र क्षेत्र मिल्ने सहकारी संस्थाहरु एकिकरणमा लागि ठूलो र सशक्त रुपमा स्थानीय रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।
समन्वय समितिका संयोजक सुमन नेपालको संयोजकत्वमा सम्पन्न भएको उक्त तालिम कार्यक्रमको उद्घाटन नगर प्रमुख टोकबहादुर वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पानसमा दीप प्रज्वलन गर्दै भएको उक्त कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि उप्रेतीको सहभागिता रहेको थियो ।
समन्वय समितिका सचिव अम्बिका हमालद्वारा स्वागत गर्दै अगाडि बढाइएको कार्यक्रममा प्रशिक्षणको रुपमा बैंककी सञ्चालक सदस्य सरीता भट्टराईले भूमिका निर्बाह गरेकी थिइन् । प्रशिक्षणका क्रममा सहभागिहरुलाई सहकारी सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा शेयर सदस्यहरुले गर्नुपर्ने भूमिका तथा दायित्वका बारेमा जानकारी सहित सहकारी ऐन नियम र स्थानीयस्तरमा रहेको सहकारी कानूनहरुमा व्यवस्था रहेको नियमहरुका परिधि भित्र रहेर संस्था सञ्चालन गर्दै अगाडि बढ्नु पर्ने बिषयमा भट्टराईले प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष, कोषाध्यक्ष सचिव तथा पदाधिकारी सहित १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । निकै उत्सुकता र जिज्ञासा सहित सम्पन्न भएको भब्य कार्यक्रममा बैंकका अध्यक्ष के.बि उप्रेतीले सहकारी बैकले गर्दै आएको कामहरु र सहकारी प्रति बैंकले गर्न सक्ने विभिन्न खालका गतिविधि र सहयोगका बारेमा प्रकाश पार्दै व्यवसायिक रुपमा सहकारी संस्था सञ्चालन गर्दै अगाडि बढ्न सुझाएका थिए ।
बैंककी बनेपा शाखा प्रमुख सीता भट्टराईले सञ्चालन गरेकी कार्यक्रममा जिल्ला सहकारी संघ लि का अध्यक्ष विनोद पराजुली, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सहितको सहभागिता रहेको थियो ।
निश्क्रिय रहेका सहकारी संस्थाहरुलाई कि त सक्रिय हुन र कि त एकिकरणमा लाग्न वाईबाले निर्देशन दिएका थिए ।
जिल्ला सहकारी संघ लि का विनोद पराजुलीले सहकारी संस्थाहरु अवका दिनमा शेयर सदस्यको समृद्धिका लागि कार्य समपादन गर्दै अगाडि बढ्न अनुरोध गर्दै सहकारी स.स्थाहरुलाई क्षमता विकास, निति निर्माण तथा एकिकरणका बिषयहरुमा जिल्ला सहकारी संघ लि सधै तयार रहेको धारणा राख्दै जिल्ला सहकारी संघ लि.मा आबद्ध हुन र नियमित कारोबार समेत गर्न अनुरोध गरे ।

Comments

comments