सुनिता दोङ तामाङ
कुर्दिस्तान । इराकमा रहेका नेपालीहरुले २१४७ च्या फो चिवा ल्हो ग्याल्पो ल्होसार भव्यताका साथ मनाएका छन् । ‘हाम्रो शेर्पा जातिको भाषा, धर्म, सँस्कृति र जातीय पहिचान, हाम्रो सान, हाम्रो जातीय रीतिरिवाज, भाषा र धर्मलाई सम्वद्र्धन गरि गरौं सम्मान’ भन्ने मूल नाराका साथ ग्याल्पो ल्होसार मनाएका हुन् ।

यस पटक इराकमा नेपालीहरुले ग्याल्पो ल्होसारलाई उत्सवको रुपमा मनाएका छन् । नेपालबाट ग्याल्पो ल्होसारलाई उत्सवमय बनाउनका लागि चर्चित गायक दुर्गेश थापा र तेम्बो लामा पुगेका थिए । दुर्गेसका गीतको प्रस्तुतिले साँच्चिकै सबै नेपालीहरु झुमेका थिए । सबै नाचेका थिए । त्यसैगरि तेम्बो लामाको गायन प्रस्तुतिले पनि सबैलाई नचाए । विषेश गरि शेर्पा जाति र शेर्पा भाषामा गाएका गीतले आफूहरु नेपालमै रहेको महासुस गराएका थिए ।

इराकको कुना कब्जामा रहेका नेपालीहरु एकैसाथ रहेर ग्याल्पो ल्होसा मनाएका थिए । स्थानीय कलाकारहरुको प्रस्तुतिले झनै सुनमाथि सुगन्ध नै थपिएको थियो । शेर्पा जातिको रीतिरिवाज अनुसार पुजा गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

 

कार्यक्रम कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष कमल तामाङ वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वाईबाले विश्वको जुनसुकै कुनामा रहेता पनि नेपाली सँस्कृति, भाषा, धर्म, रितिरिवाज, चाडपर्वलाई नेपालीहरु भुल्न नसक्ने बरु गर्व गर्ने गरेकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमको अतिथिहरुमा नेपाल मगर संघ साखा कुर्दिस्तानका महासचिब ध्रुब आले मगर, नेपाली महिला समाज कुर्दिस्तानका अध्यक्ष निमा डोमा शेर्पा, प्रवासी नेपाली एकता समाजका अध्यक्ष नवीन कुमार लामा, एन .आर. एन. ए. का अध्यक्ष लालकाजी गुरुङ, एफडब्ल्यु . सि.डि.ओ. मेनेजर हामा हजार माहम्मद , नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका अध्यक्ष च्याङवा लामा दोङ, सिटि एक्सप्रेस मनि ट्रान्स्फर इराक ठुलोकान्छा शेर्पा, हिमालयन शेर्पा युनिक ग्रुपका संस्थापक ठिलेन शेर्पा लगायतका रहेका थिए ।

कार्यक्रमको सञ्चालन न्होर्साङ शेर्पा र राजीव थिङले गरेका थिए भने संयोजन शानु शेर्पा र सभापतित्व ठूलोकान्छा शेर्पाले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।