बनेपा । जिल्लाको बनेपा नगरपालिका वडा नं. ८ मा अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सोमबार विद्यालय प्राङगणमा भव्यताका साथ मनाएको छ ।
कार्यक्रम बनेपा नपा वडा नं. ८ का वडा अध्यक्ष दान बहादुर मानन्धरको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुन्यश्वर कायस्थको सभापतित्वमा सम्पन्न भएको हो ।

विशेष अतिथी काभ्रे प्याब्सनका अध्यक्ष पुर्ण कुमार श्रेष्ठले शिक्षक तथा अभिभावक रोल मोडेल हुनपर्ने बताएका थिए । जस्तो अभिभावक र शिक्षक छन् यस्तै विद्यार्थीहरुले अनुसरण गर्ने भएकोले सबै अभिभावक र शिक्षकले राम्रो भुमिका निभाउन अनुरोध गरेका थिए ।

त्यसैगरी अतिथिहरुमा विद्यालयका निर्देशक कृष्ण भण्डारी (शिशिर) विद्यालयका प्रधानाध्यापक श्री कृष्ण श्रेष्ठ, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उत्कृष्ट विद्यार्थी पुरस्कृत
यस वर्षको विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । पुरस्कृतहुनेहरुमा प्रि – प्राईमरीबाट मिटनेस विद्यार्थी सन्देश श्रेष्ठ, डिसिप्लिनमा सन्दिप श्रेष्ठ भएका छन् ।
प्राइमरी लेबलमा उत्कृष्ट मिटनेस जिल्लप लामा र डिसिप्लिनमा सुजाता गोले र सेकेन्डरी लेबलमा उत्कृष्ट मिटनेस अंकिता दाहाल र डिसिप्लिनमा सुशान्त घिसिङ सम्मानित भएका थिए ।

२०७६ सालको हाउस अफ द इयर रेड हाउस छनौटमा परेको थियो । रेड हाउसलाई पिकनिक प्याकेज स्वरुप रु. ३७ हजारको चेक वितरण गरेको थियो । भने गत वर्ष एस.ई.ई मा उर्तीण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए ।

विद्यार्थीहरुले गायन, नृत्य, लाइभ गित, धुन, र लाइभ स्पोर्ट तेक्वान्डो सो देखाएर कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।