भक्तपुर । २५औं रजत महोत्सव ,सम्मान तथा साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कालीदेवी मिडिया हाउसको प्रस्तुतिमा निर्माण भएको टेलि सिरियल नम्बरीको २५ औं भाग पूरा भई २६औं भागको प्रवेश उपलक्ष्यमा सम्मान तथा वृहत् साँस्कृतिक कार्यक्रम भएको हो।

तामाङ चलचित्र संघका अध्यक्ष तथा अादिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यतामा फागुन २४ गते शनिबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा उक्त कार्यक्रम भएको थियोे।

कार्यक्रमका बिशेष अतिथि नेपाल चिन केरुङका व्यापार संघका मान बहादुर तामाङ,नेपाल समाजवादी तामाङ संघका महासचिव विकास ब्लोन,तामाङ चलचित्र संघका एभरेष्ट फेसन होमका अध्यक्ष रञ्जिता ब्लोन, उपाध्यक्ष दिपक लामा,रसुवा संगीतकर्मी संघका अध्यक्ष दावा फिन्जो तामाङ,समाजसेवी कमान सिं लामा,समाजसेवी अासमान वाइवा,ह्रिन्जेन डोल्मा,नायक टुल्साङ
मोक्तान ,चन्द्रबहादुर स्याङतान, लक्ष्मी काफ्ले, टीका तामाङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थिए।

उक्त कार्यक्रमबाट समाजमा विभिन्न क्षेत्रबाट योगदान गरेका ३ जनालाई सम्मान पत्रबाट सम्मानित गरेका थिए।सञ्चार क्षेत्रबाट समाजमा पुर्याएको योगदानको कदर गरि सञ्चारकर्मी तथा तेमाल अनलाइनका कार्यकारी सम्पादक सुदिन लामा दोङ,समाजसेवी अास्मान वाइवा र ह्रिन्जेन डोल्मा तामाङलाई सम्मान गरेको थियो।भने नम्वरी टेलिसिरियमा सिरियलका कलाकारहरु प्रशंसा पत्र वितरण गरिएका थिए।

उक्त टेलिसिरियल निर्माता सञ्चकुमारीले निर्माण गरेका थिए भने नायक बिनायक तामाङद्दारा निर्देशित गरेका हुन्।भने पाठकथा दिपिका लोप्चान,छायांकन दिपेस लोप्चानको रहेको छन् भने यस सिरियलको सम्पादक जयन कुमार मोक्तानले गरेको हुन्।

२५औं भाग रजत महोत्सव तथा साँस्कृतिक कार्यक्रममा जमुना योञ्जन,गंगा योञ्जन,पेमा तामाङ अमिर मोक्तान,कविता दोङ पवित्र दोङ,जेविना तामाङ,स्मृति तामाङ लगायतका  कलाकारहरुले सांगीतिक प्रस्तुति राखेको थियोे । रुपेन मोक्तानको “उपहार सम्झी” र अर्जुन के बुढाथोकीको “याङजी” दई गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेको थियोे।

निर्देशक तथा नायक विनायक लोप्चानले स्वागत मन्तव्यबाट स्वागत गरेको थियो ।भने सञ्चकुमारी तामाङकी सभापतित्वमा भएको कार्यक्रम जयन कुमार मोक्तानले सञ्चालन गरेका थिए।

Comments

comments