तेमाल अनलाईन संवाददाता,

दक्षिण कोरिया । छेटुप लामाको “मेरो नेपाल” बोलको गीत आइतबार युट्यूबमा सार्वजनिक भएको छ ।

गायक छेटुप लामा दक्षिण कोरियामा विगत २ वर्षदेखि रोजगारी गर्दै सेलो गीत–संगीत ब्यस्त गायक हुन् ।  गायक लामा रत्नराज्य क्याम्पसबाट संगीत विषयमा स्नातकसम्मको अध्ययन गरेका उनको “जुत्तामा हेर्नु ठूलो” पहिलो तामाङ सेलो गीत हो । विबेक लामाको स्वरमा रहेको “छुर्पीको दाना” गीतमा समेत संगीत समेत दिएका छन् ।

नेपालमा शास्त्रीय संगीत सिकेका उनले कोरियामा काम गर्दै बचेको समयलाइ गायक लामाले गीत संगीतमा खर्च गरिरहेको छ । ३/४ बर्ष अघि रेकार्डिङ सकाएको भएपनि सार्वजनिक गर्न बाँकी थुप्रै गीतहरूमा स्वर, संगीत दिएको र नयाँ गीतहरू अब छिट्टै दर्शकसामु पस्किने तयारीमा रहेको गायक लामाले जानकारी दिनुभयो ।

उक्त्त गीतमा शब्द, संगीत गायक लामाकै छभने स्वरमा तामाङ सेलो चर्चित गायिका जितु लोप्चनले साथ दिएकी छिन् । साे गीत फनिन्द्र राइको एरेन्ज, दिपेश प्रधानको मिक्सिङ र पर्पल रेकार्डिङ स्टुडियोमा रेकार्डमा भएको हो ।

गीत सुन्न र हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोलाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।