चिनको हुवानबाट सन २०२० को सुरुवातबाट देखा परेको कोरोना (कोभिड-१९) भाईरस नाम दिएको भाईरस अहिले विश्वको झन्डै ९० भन्दा बढी देशहरूमा फैलिएको छ । यश भाइरसले विश्वलाई नै आतंकित बनाउदै महामारीको रुप लिगेको छ । हाल सम्म यश भाइरसबाट विश्वमा संक्रमितको संख्या ……को हाराहारीमा पुगि सकेको छ । मृत्यु हुनेको संख्या पनि ….. पुगि सकेको छ । नेपालको उत्तरी छिमेकी देश चिनबाट फैलिएको भाईरस विश्वका विभिन्न देश हुँदै नेपालको तीन तिर सिमा जोडिएको छिमेकी देश भारतमा सम्म आईपुगी सकेको छ । नेपालमा हाल सम्म देखा नपर्नु यसको सुखद पक्ष हो । तर नेपालमा देखा परेको छैन भनेर नेपाली र नेपाल सरकार रमाइलो मानेर बस्न हुने स्थितिमा छैन ।
नेपाल सरकारले जति सतर्कता अपनाउनु पर्ने हो त्यति यश भाइरसका विरुद्ध सतर्कता अपनाएको पाइदैन । सरकार मात्र होइन यसमा नेपाली र सरोकारवाला सबै एक भएर भाइरस विरुद्ध सतर्कता अपनाउनु आजको आवश्यकता हो । तर सतर्कता अपनाउनु भन्दा पनि सरकार संसदमा सहभागी र अन्य राजनैतिक दल सामाजिक संस्था गैरसरकारी संस्था लगाएत केही सन्चार माध्यमहरु कोरोना भाइरसलाई लिगेर नागरिकमा भ्रम सिर्जना गर्दै त्रासको स्थिति उत्पदन गरेको आभास हुन थालेको छ ।
केही ठुला व्यापारीको इसारामा चलेर कोरोना भाइरसको जति सतर्कता अपनाउनु पर्ने हो । त्यो नभै त्यसको उल्टो हिडेको हो कि भने प्रश्न उब्जाएको छ । शैक्षिक संस्थालाई परिक्षा सक्नु , भिडभाड, सभा सम्मेलन नगर्नु, घरबाहिर ननिस्कनु, संसद लगाएत अन्य कार्यलाई विदा दिनुपर्छ भनिनु भाईरस विरुद्धको सतर्कता अपनाएको मानिन सकिदैन । यसले नागरिकमा त्रास मात्र फैलिने छ । कालोबजारीले मौका पाउने छन । त्यसैले अहिलेसम्म भाईरसको विरुद्ध सतर्कता अपनाउनु भन्दा भनी भ्रम र त्रास फैलाएर कालोबजारीलाई प्रशय मात्र दिएको छ ।
कोरोना भाइरस विरुद्ध सचेतना फैलाउने र कोरोना भाइरको बारेमा नागरिकलाई जानकारी दिनु आजको आवश्यकता देखिन्छ । हाल सम्म यो पाईएको छैन ।
कोरोना भाइरसको आसंखा लागेर आएकोलाई परिक्षण गर्ने स्थान छुट्टै हुनु तथा भाइरस प्रमाणित भएकोलाई उपचार स्थान छुट्टै हुनु आवश्यकता हुन्छ । एकै स्थानमा परिक्षण तथा उपचार गर्दा अन्य विरामी तथ अन्य रोग परिक्षण गर्न आउनेलाई पनि संक्रमण हुने संभावना प्रवल रहन्छ । त्यसैले कोरोना भाईरस परिक्षण स्थान र उपचार स्थान दुवै छुट्टाछुट्टै हुनु आवश्यक हुन्छ । यश तर्फ सरोकारवालाले ध्यान दिएको पाइदैन । सभा सम्मेलन , भिडभाड तथा घर बाहिर ननिसकनु भनु सरोकारवालाको जिम्मेवार पक्ष कदापि होइन । यसले रोग लाग्न नदिन साधारण एक पक्ष मात्र हो । यसता कुराले नागरिकमा त्रास मात्रै फैलाउने काम गर्दछ । विश्वमा फैलिए र महामारीको रुप लिगेको भाइरस नेपालमा आउदैन भने कुनै प्रकारको ग्यारेन्टी छैन । त्यसैले कसैलाई लागी हालेमा के गर्ने शखा भएकालाई कहाँ परिक्षण गर्ने र प्रमाणित भएमा कहाँ उपचार गर्ने र अन्य विरामी ९कोरोना भाईरस० नलागेका व्यक्तिलाई सर्न नदिने तर्फ ध्यान दिनु सरोकारवालको आजको आवश्यकता हो । अन्य विरामी र कोरोना भाइरसको विरामिलाई एकै ठाउँमा परिक्षण र उपचार गर्दा अन्यलाई पनि भाइरस सर्ने संभावना प्रवल रहन्छ । यश तर्फ हालसम्म ध्यान दिएको पाईएको छैन ।
कोरोना भाईरस विश्वमा फैलिएसँगै नेपाली संस्कृतिले पनि प्रचार तथा प्राथमिकता पाएको छ । नेपाल र नेपालीको संस्कृति विश्वमा छुट्टै पहिचान सहित वैज्ञानिकतासँग जोडिएको छ । तर नेपाल र नेपालीले कस्तुरीले आफ्नै कस्तुरी नचिनेको जस्तै नेपालीले आफ्नो संस्कृतिको महत्त्व नबुझी विदेशी संस्कृतिको नक्कल गर्नु दुर्भाग्य बन्न पुगेको छ ।
कोरोना भाइरसले गर्दा प्रशय पाएको विश्वका केही देशले कोरोनाबाट बच्न सुरु गर्न लागेको नेपाली संस्कृतिको अभिवादन शब्द नमस्कारको महत्त्व हामिले बुझेनौ र बुझन पनि खोजेनौ । नमस्कारलाई हामिले आधुनिकताको नाममा हातमिलाउने तर्फ लैजाने कार्य गर्यौ । हामिले हाम्रा पुर्खाले किन एक अर्का भेट हुँदा अभिवादनको रूपमा नमस्कारलाई स्थापित गरे भन्ने दिर ध्यान नदिएर आधुनिकताको नाममा विदेशी संस्कृति अगालन पुग्यौं । यसको नकारात्मकतालाई कहिल्यै ध्यान दिएनौ ।
पुर्खाले स्थापित गरेको नेपाली संस्कृति नमस्कार र आधुनिकताको नाममा हामिले भित्र्याएको हातमिलाउने अभिवादनमा धेरै फरक रहेको कुरा अहिलेको कोरोना भाइरसले पुर्णिामाको जुन जस्तै पारिदिएको छ । विदेशी संस्कृति हातमिलाउने र अंकमाल जस्ता अभिवादन एक अर्का सजिलै नजिक हुने र एक अर्काको रोग सजिलै सर्न सक्ने हुँदा हाम्रा अग्रजहरुले केही परबाट नै गर्न सकिने र मिलने नमस्कारलाई स्थापित गरेको अहिले सहजै अनुमान लगाउन सकिन्छ । कोरोना भाइरसले नमस्कारको महत्त्वलाई बढाई दिएको छ ।
कोरोना भाइरसले हामिलाई पनि एकपटक फेरि ब्युझाई दिएको छ । नमस्कार मात्रै होइन नेपाली संस्कृति भित्र हरेक कुरामा कुनै न कुनै वैज्ञानिकता लुकेको छ । हामिले हाम्रा अग्रजले आधुनिक विज्ञानलाई समेत प्रशय हुने गरि प्रचनमा ल्याइएको संस्कृतिलाईआधुनिकताको नाममा नाश त गर्दै छैनौ । यसले भविस्यमा हामिलाई ठूलो अभाव सृजना हुन सक्छ ।
लेखकः  नेपाली काँग्रेस (वी.पी.) को युवा नेता हुन् । 

Comments

comments