काठमाडौँ । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले विदेशमा रहेका नेपालीहरु बीचमा देश फर्क अभियान सञ्चालन गर्ने बत्ताएका छन । तीन आधार तीन तहमा सञ्चालन गरिने उक्त अभियान विश्वभर रहेका लाखौ नेपालीले तीन क्लिकमा सदस्यता लिनेदेखि लिएर सारा अभियानबारे जानकारी र देश फर्कन प्रोत्साहन हुन सकिने स्वरोजगार र व्यवसाायिक विविध विकल्पबारे थाहा पाउन सकिने उनले बत्ताए ।
पार्टीका केन्द्रीय परिषद सदस्य तथा प्रवास प्रदेश उपाध्यक्षसमेत रहेका किरातीले फोन सम्पर्कमा भने, यो अभियान चलाउनेबारे केहि नेतृत्व साथीहरुसँग कुरा भइसकेको छ । संभवत उत्पादन विभागको जिम्मेवारी पाए त्यसैमा जोडेर अभियानलाई लाने सोँच हो । विदेशदेखि देश फर्क र सहरदेखि गाउँ फर्क टाइपले सञ्चालन गर्ने र आगामी दसकभित्र आर्थिक, सामाजिक अनि राजनैतिक रुपमा पहिलो शक्तिको पोजिसन सेट गरेर सबैखाले अभाव र समस्या हल गर्ने हो । उनले थपे, परिवर्तन र समृद्धि ल्याउन विदेशमा रहेका लाखौँ युवा देश फर्कनु पहिलो शर्त हुन आउँछ । सहरका लाखौ युवा व्यवसाायिक रुपले गाउँमा फर्कनु, त्यही होल्ड हुनु दोस्रो शर्त हो । हामी एप्स डिजाईनमा व्यस्त छौँ । हेरौँ, केके गर्न सकिन्छ ! गर्ने हो । समृद्धि हाम्रो पालामा ल्याउनै पर्छ भन्ने हो ।
माइग्रेन्ट नेपाली युनियन, प्रवासी नेपाली लगानी वोर्डका केन्द्रीय संयोजकसमेत रहेका किरातीले विज्ञहरुसँग केही समयदेखि यहि विषय डिप्ली स्टडीमा रहेको बताए ।