मानिसहरु यौन सम्पर्कका बेला कण्डम प्रयोग गर्छन्। तर अधिकांश यसको सही प्रयोग जान्दैनन्। त्यसकारण कण्डम लगाए पनि दुर्घटना हुने खतरा रहिरहन्छ। कण्डम प्रयोग गर्ने बेला धेरै खालका सावधानी पनि अपनाउनुपर्छ।
१. खोल्ने तरिका – कण्डमको सही प्रयोगका लागि यसलाई सावधानीपूर्वक बाहिर निकाल्न प्याकेट पनि सही तरिकाले खोल्नुपर्छ। कण्डमको प्याकेटको मध्यभागबाट खोल्नु हुँदैन। साइडबाट मात्र खोल्नुपर्छ। खोल्दा दाँतको प्रयोग कहिल्यै गर्नुहुँदैंन। दाँतको प्रयोग गर्नाले कण्डमका प्वाल पर्न सक्छ।
२. लुब्रिकेन्ट्सको प्रयोग – कण्डमको प्रयोगको समय हातमा वाटर बेस्ड लुब्रिकेन्ट्सको प्रयोग गर्न सकिन्छ। यसले कण्डमलाई लचकदार बनाउनुका साथै यौन सन्तुष्टिमा पनि सहयोग पुग्छ।
३. खराब कण्डमको प्रयोग – कण्डम प्रयोग गर्नुअघि सबैभन्दा पहिले एक्सपायरी डेट हेर्नुपर्छ। मिति समाप्त भएको कण्डम फुट्ने, च्यातिने डर हुन्छ। त्यसैले कण्डमको उत्पादन मिति हेरेर मात्र किन्ने गर्नुपर्छ।
४. हावा रहनु – कण्डममा हावा बाँकी रहँदा फुट्ने र लेटेक्समा बढी दबाब रहने सम्भावना हुन्छ। यसले कण्डम लगाउनुअघि हतार नगरी टुप्पो समाएर हावा रहन दिनुहुन्न। कण्डम लगाउनुअघि लिंग पूर्ण रुपमा उत्तेजित हुनुपर्छ र वीर्य स्खलन भएपछि लिंगको तनाव समाप्त हुनुअघि नै कण्डम निकाल्नुपर्छ। यसैले यसको प्रयोगका लागि उत्तेजनापछि र स्खलनलगत्तै गर्नुपर्छ।
५. सफाइमा ध्यान दिनुपर्छ – कण्डम प्रयोग गर्नुअघि सरसफाईमा ध्यान दिनुपर्छ। यसलाई लगाउनुअघि हातलाई क्लिञ्जरले राम्ररी धुनुपर्छ। फोहोर हातले कण्डम छुँदा त्यसले महिला र पुरुष दुवैलाई इन्फेक्सन हुन सक्छ। तर, हात सुख्खा हुनुपर्छ।
६. सही उपयोग – कण्डम लगाउनुअघि लिंग पूर्ण रुपमा उत्तेजित हुनुपर्छ र वीर्य स्खलन भएपछि लिंगको तनाव समाप्त हुनुअघि नै कण्डम निकाल्नुपर्छ। यसैले यसको प्रयोगका लागि उत्तेजनापछि र स्खलनलगत्तै गर्नुपर्छ। उत्तेजित नभई कण्डम लगाउँदा कण्डमको सही सदुपयोग नहुन सक्छ।
७. दोहोर्याएर प्रयोग गर्नुहुन्न – एकपटक प्रयोग गरेपछि कण्डम अर्कोपटक प्रयोग गर्नुहुन्न। यसलाई प्रयोगपछि गाड्नु या डस्टबिनमा फाल्नुपर्छ। त्यसपछि राम्ररी हात धुनुपर्छ। एउटै कण्डमले अर्कोपटक यौन सम्पर्क भुलेर पनि गर्नु हुँदैन।
८. एकसाथ प्रयोग गर्नुहुन्न – कण्डमको प्रयोग अघि ध्यान दिनुपर्ने कुरा के हो भने महिला, पुरुषमध्ये एकले मात्र प्रयोग गर्नुपर्छ। दुवैले एकसाथ प्रयोग गर्नुहुन्न। एउटाले प्रयोग गर्ने कण्डमले दुवैको सुरक्षा हुने हुनाले एउटाले मात्र कण्डमको प्रयोग गर्नुपर्दछ।
९. कण्डमको रोजाइ – बजारमा विभिन्न गुणस्तरका कण्डम पाइन्छन्। कण्डम भन्दैमा जुन पायो त्यही कण्डम प्रयोग गर्नु हुँदैन। यौन सम्पर्कको बेला महिला र पुरुष दुवैको रोजाइमा कण्डमको प्रयोग गर्नुपर्दछ। एउटाको मात्र रोजाइको कण्डम यौन साथीलाई चित्त नबुझे त्यसले सोचे जति सन्तुष्टि नमिल्न सक्छ।
१०. भ्रम र सत्य – अधिकांश पुरुषहरु कण्डम प्रयोग गर्नाले सेक्सको आनन्द उठाउन सकिँदैन कि भन्ने भ्रममा हुन्छन्। तर यो भ्रमलाई मनबाटै हटाउनुपर्छ। बरु यसको प्रयोगबाट कयौं प्रकारका बिरामी, संक्रमण र असुरक्षित यौन सम्बन्धबाट बँच्न सकिन्छ।
महिला कण्डमको प्रयोग कसरी गर्ने ?
१. पुरुषले प्रयोग गर्ने कण्डम सजिलै तरिकाले प्रयोग गर्न सकिन्छ। साथै जतिखेर मन लाग्यो उति खेर प्रयोग गर्न सकिन्छ। तर महिला कण्डमलाई भने प्रयोग गर्न गाह्रो हुन्छ। कण्डमलाई यौनसम्पर्क गर्नुभन्दा केही समय अगाडि प्रयोग गरिन्छ। यसबारे जानकारी राख्न जरुरी छ।
(२) महिला कण्डमको प्रयोग पछिल्लो समय नेपालमा पनि बढ्दो क्रममा छ। कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई योनी भित्र राख्नु पर्दछ। मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेरेर प्रयोग गर्न चिकित्सकले सुझाएका छन्।
(३) सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नु पर्दछ। महिला कण्डम एक किसिमको बलियो रबरले नै बनेको हुन्छ। पुरुष कण्डमभन्दा बनाउन समय र मेहेनत लाग्ने हुँदा केही महङ्गो हुन्छ। तर, कण्डम किन्दा गुणस्तर र म्याद राम्रोसँग हेरेर मात्र किन्नुपर्छ।
(४) महिला कण्डम प्रयोगबारे नकारत्मक टिप्पणी भन्दा सकारात्मक पक्षको ज्ञान बाँड्न सके प्रजनन् स्वास्थ्यका क्षेत्रमा सुधार आउन सक्छ। महिलाको योनी सबैभन्दा बढी संवेदनशील अंग भएकाले यसले यौन रोग पनि रोकथाम गर्न निकै मद्दग पुग्दछ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।