काठमाडौं / कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाले अनिश्चितकालीन राष्ट्रिय संकटकाल घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गरी संकटकाल घोषणा गरेका हुन्। योसँगै अमेरिकी सरकारले कोरोनाको महामारी नियन्त्रणका लागि ५० अर्ब डलर खर्च गर्न सक्नेछ।
राष्ट्रपति ट्रम्पले व्यक्तिगत सरसफाइमा ध्यान दिन र अति आवश्यक नभई यात्रा नगर्न नागरिकलाई आग्रह गरेका छन्। अमेरिकाले यसअघि बेलायतबाहेक युरोपका सबै देशमा एक महिनाका लागि हवाई उडान बन्द गरिसकेको छ।
अमेरिकामा एकैदिन कोरोनाको संक्रणबाट सातजनाको मृत्यु भएको छ भने ५७२ जना नयाँ संक्रमित भेटिएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























