पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकामा पशुपंक्षि तथा मस्य पालन सम्बन्धी नगरस्तरीय तीन दिने तालिम शुरु भएको छ ।
पशुपंक्षि सँगै माछा पालनमा पनि पाँचखाल उचित ठाउँ भएको हुनाले मस्यपालनको समेत तालिम सञ्चालन गरिएको पाँचखाल नगरका पशुविकास अधिकृत दत्तप्रसाद गौतमले जानकारी दिए ।
तीन दिन चल्ने तालिममा नगरका १३ वडाका ३० कृषक सहभागि छन् । पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले उद्घाटन गरेकी तालिममा आईतबार प्रशिक्षक डा. हरि मानन्धरले प्रशिक्षण दिएका थिए । सोमवार भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेका प्रमुख मंगलप्रसाद शाह तथा मंगलबार माछाका विज्ञ बालाजुका प्रमुख अग्नी नेपालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

Comments

comments