भारतीय समयअनुसार आज बिहान साढे ५ बजे मिनेटमा दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
निर्भयाका बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश सिंह र पवन गुप्तालाई एकसाथ फाँसी दिईएको हो। सन् २०१२ मा सामूहिक बलात्कारपछि हत्या गरिएकी निर्भयाको परिवारले ७ वर्ष ३ महिना ८ दिनपछि न्याय पाएका छन् ।
सन् २०१२ डिसेम्बर १६ को राती केन्द्रीय राजधानी नयाँ दिल्लीमा गुडीरहेको बसभित्र निर्भयाको सामूहीक बलात्कार भएको थियो। निर्भयाकी आमाले लामो समयसम्म न्यायका लागि लडाँइ लडिएको भन्दै आज दोषीलाई फाँसी दिईएपछि अब मार्च २० लाई निर्भया दिवसको रुपमा मनाउने बताएको भारतीय संचारमाध्यामले उल्लेख गरेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























