अञ्जली तामाङ
धुलिखेल । नोभेल कोरोना भाइरस सम्वन्धि जनचेतना जगाउदै सारथी बहुउदेश्यीय सहकारी संस्थाले आज शुक्रबार होटल सारथीमा आफ्नो अर्धवार्षिक समिक्षा बैठक सम्पन्न गरेको छ ।
बैठकमा शर्माले आ.व २०७६।०७७ का लागि संस्थाको निति योजना तथा कार्यक्रम बारे प्रस्तुत गरेका थिए । भने चालु आ.व को फाल्गुण मसान्तसम्मको प्रगती प्रतिवेदन बारे समिक्षा गरिएको थियो ।

बैठक सकिए लगतै संस्थाका अध्यक्ष दिलिप शर्माको नेतृत्वमा धुलिखेलका प्रत्येक चोकहरु लगायत बसपार्कमा कोरोना सम्वन्धि जनचेतना मुलक सन्देश पर्चा बाँडेका थिए ।
साथै उनले सर्वसाधारणलाई कोरोना सम्वन्धि सचेत गराउन र जागरुक गराउने उदेश्यले संस्थाको तर्फबाट धुलिखेलका प्रत्येक सार्वजनिक स्थानहरुमा कोरोना सम्वन्धि व्यानर राखिएको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















