रामेछाप । नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमार वलद्वारा रामेछाप जिल्लाको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा र सो गाउँपालिकाकै वडा नं २ का वडा कमल कुमार के.सीका हातमा माक्स र सानिटाइजर र पन्जा हस्तान्तरण गरेका छन् ।

महामारी कोरोनाभाइरसले विश्व नै प्रभावित भएको बेला सो रोगको न्यूनीकरण गर्ने उदेश्यले सुनापतीमा महासचिव वलले वितरण गरेको हो।
कोरोनाभाइरस रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले माक्स र सानिटाइजर प्रत्येक नेपालीहरुले अनिवार्य प्रयोग गर्नुपर्ने बताएका छन् कम्तीमा ३ फिटको दूरी कायम गरौं । आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं । घरमै बसौं ।भनी अनुरोध समेत गरेका थिए।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।