एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट ९आइसीयू० मा राखिएको छ ।
उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ । यद्यपि, उनी होशमा नै भएको जानकारी दिइएको छ ।
जोनसोनलाई ११ दिन अघि कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि आइतबार नियमित चेकजाँचको क्रममा सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।
बोरिस जोनसोनले अस्पताल भर्ना हुनु अघिसम्म प्रधानमन्त्री पदको जिम्मेवारी आइसोलेशनमा रहँदासमेत सम्हालिरहेका थिए तर अब उनले आफ्नो जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई हस्तान्तरण गरेका छन् ,।
प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार बेलायती एनएचएस स्वास्थ्यकर्मी प्रधानमन्त्रीको पूर्ण प्रतिबद्धताका साथ हेरविचार गरिरहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























