काठमाडौं । अन्तर्रा्िष्ट्रय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिले विदेशमा रहेको नेपालीहरुलाई उद्धारको लागि कुटनीतकि पहलन गर्न माग गरेको छ । आज विहिबार बसेको परिषद्को अनलाइन भर्च्युल बैठकले उक्त माग गरेको हो । बैठक अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाको विशेष सहभागीतामा क्षेत्रिय अध्यक्ष सोनाम दोङको अध्यक्षतामा बसको थियो ।
बैठकमा कोरोना भाइरसको विरुद्ध कसरी काम गर्ने विषयमा समेत छलफल गरिएको छ ।
बैठकले नेपाली युवाहरुको ठूलो संख्या रोजगारीको सिलसिलामा त्यस क्षेत्रमा नै रहेको र आउने दिनमा ती देशहरुमा कोरोन महामारी झनै बढ्दै जाने स्थिति देखा पर्दै गएकोले अहिले देखिनै नेपाल सरकारले ती युवाहरुको समयमा उद्दार, स्वास्थ्य सुरक्षा र उचित ब्यवस्थापनको निम्ति कुटनीतिक पहल र प्राबिधिक तयारी थाल्नको निम्ति पनि परिषद्ले माग गरेको छ ।
बैठक पछि परिषद्ले एक प्रेस विज्ञप्ति जारी गरी गर्दै परिषद्ले खाडी मुलुकका विभिन्न देशस्थित नेपाली कुटनीतिक नियोगहरुको पहलमा गैर आवसीय नेपाली संघ लगायत राजनीतिक र सामुदायिक संघरसंस्थाहरु सम्मिलित साझा संयन्त्रहरु निर्माण गर्न माग गरेको छ ।
‘महामारी बिरुद्धको साझा पहलमा हाम्रा सदस्य संस्थाहरुले समेत सक्रिय भूमिका निर्बाह गर्दै आएको उल्लेख गर्दै जुन देशमा त्यसखालको संयन्त्रहरु बनेका छैनन् ती देशहरुमा तत्काल सबै संघरसंस्थाहरु सम्मिलित साझा संयन्त्र निर्माण गरी बृहत्तर र एकीकृत सहकार्यको वातावरण निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गरिएकोछ ।’ सचिव सुरन्द्र थिङ तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ प्रेस वक्तव्यः

विषय: प्रेस बक्तब्य ।
विश्वब्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको महामारीले यतिबेला विभिन्न देशका लाखौ नागरिकहरुलाई संक्रमित गर्दै छोटो समयमा हजारौको ज्यान लिइसकेको छ । यस्तो भयावह स्थितिमा विशेषगरी बैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मध्यपूर्वी देशहरुमा रहेका नेपाली युवाहरुको सम्भावित जटिल अवस्थाप्रति हामी चिन्तित भएका छौं ।
यस सम्बन्धमा खाडी तथा मध्यपूर्वका विभिन्न देशस्थित नेपाली कुटनीतिक नियोगहरुको पहलमा गैर आवासीय नेपाली संघ लगायत राजनीतिक र सामुदायिक संघ÷संस्थाहरु सम्मिलित साझा संयन्त्रहरु निर्माण गरि यो महामारी बिरुद्धको साझा पहलमा हाम्रा सदस्य संस्थाहरुले समेत सक्रिय भूमिका निर्बाह गर्दै आएको छ । जुन देशमा त्यसखालको संयन्त्रहरु बनेका छैनन् ती देशहरुमा तत्काल सबै संघ÷संस्थाहरु सम्मिलित साझा संयन्त्र निर्माण गरी बृहत्तर र एकीकृत सहकार्यको वातावरण निर्माण गर्न सम्बन्धित निकायको हामी गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण टेवा पु¥याउने नेपाली युवाहरुको ठूलो संख्या रोजगारीको सिलसिलामा खाडी क्षेत्रमा नै रहेको र आउने दिनमा ती देशहरुमा कोरोना महामारी झनै बढ्दै जाने स्थिति देखा पर्दै गएकोले नेपाल सरकारले ती युवाहरुको समयमा उद्दार, स्वास्थ्य सुरक्षा र उचित ब्यवस्थापनको निम्ति कुटनीतिक पहल र प्राविधिक तयारी थाल्नको निम्ति पनि हामी विशेष आग्रह गर्दछौं ।
साथै यो विश्वब्यापी महामारीले निम्त्याएको आपतकालीन अवस्थामा आवश्यक सहयोग तथा सहकार्यको निम्ति तामाङ समुदायको तर्फबाट अन्तर्रािष्ट्रय तामाङ परिषद ९क्ष्त्ऋ० को खाडी तथा मध्यपूर्वी क्षेत्र स्थिति निम्न सदस्य संस्थाहरुसँग सम्पर्क र समन्वय गर्नहुन समेत अनुरोध गर्दछौं ।
सम्पर्कको लागिः
१. जितेन्द्र गोले तामाङ, का.वा. अध्यक्ष, तामाङ समाज युएइ ००९७१५६४०९२७२१
२. धिरेन तामाङ, अध्यक्ष, नेपाल प्रवासी तामाङ समाज कतार ००९७४६६०६५१००
३. सुरेश ग्याबा, अध्यक्ष, नेपाल तामाङ घेदुङ कुवेत ००९६५६६२३८०७७
४. दिल बहादुर थिङ, अध्यक्ष, नेपाल तामाङ घेदुङ साउदी अरेयिबा ०९६६५८३०८०४१९
५. प्रेम बम्जन तामाङ, अध्यक्ष, नेपाल तामाङ समाज ओमान, ०९६८९६४०६३०
६. प्रेम स्याङतान, अध्यक्ष, नेपाल तामाङ घेदुङ बहराइन ००९७३६६९०५५१६
७. च्याङबा दोङ, अध्यक्ष, नेपाल तामाङ घेदुङ कुर्दिस्तान ईराक, ००९६४७८२९६३५७६१
८. सोनम दोङ , संयोजक आइटीसी खाडी तथा मध्यपूर्व समिति, ००९७३३६१३८२२९
……………………………….
सुरेन्द्र थिङ तामाङ
सचिव
अन्तर्राष्ट्रिय तामाङ परिषद्
खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समिति ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























