कोरोना भाइरस (कोभिड–१९) नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ । यो अबधिमा मुलुकभर ९ जना संक्रमित भेटिएका छन् । त्यस मध्य पनि १ जना उपचार पछि निको भएको छ ।
यो भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सिंगो मुलुक लागिरहेको छ । हरेक गाउँबस्तीमा सरकारले आव्हान गरेको लकडाउनको समर्थनमा जनता जुटेका छन् ।
काभ्रेली जनता पनि कोरोना भाइरस संक्रमण रोकथाम र निण्न्त्रणको लागि सजक भएका छन् । गाउँ–गाउँमा नयाँ मान्छे निषेध गरिएको छ ।
तर विडम्बना काभ्रेका १३ वटा स्थानीय तहहरुले औषधि पर्याप्त रहेता पनि स्वास्थ्य सामग्रीहरु भने निकै न्यून रहेको कुरा बाहिर आएको छ ।
यतिखेर सबैभन्दा पहिलो आवश्यकता भने ज्वरो नाप्ने यन्त्र अथार्न थर्मल गन हो । तर पर्याप्तको कुरै छाडौं कुनै स्थानीय तहमा थर्मल गन नै नभएको अवस्थामा छ ।
काभ्रेको खानीखोला गाउँपालिकासँग एउटा पनि थर्मल गन छैन । तैपनि उच्च जोखिम मोलेर स्वास्थ्य कर्मीहरुले सामान्य थर्मोमिटरबाटै भएपनि खानीखोला गाउँपालिकामा १८ सय २१ जनाको स्वास्थ्य परिक्षण गरिसकेको छ । त्यसैगरि रोशी गाउँपालिकामा पनि एउटा पनि छैन । तेमाल गाउँपालिकामा एक वटा मात्र रहेको छ । यो त उदाहरण मात्र हुन् ।
यो लडाईंमा सबैभन्दा अग्रपंक्तिमा स्वास्थ्यकर्मीहरु उभिरहेका छन् । यो लडाईंको कमाण्डर नै स्वास्थ्यकर्मीहरु बाहेक कोही हुनै सक्दैन । त्यसपछि सुरक्षाकर्मीहरु यो लडाईंको महत्वपूर्ण मोर्चामा छन् ।
यो संवेदनशीलतालाई ध्यानमा राखेर कम्तीमा थर्मल गनको व्यवस्था गरेर स्वास्थ्य परिक्षणलाई सहज बनाउने बेला हो । स्थानीय तहलाई १० देखि २० लाखसम्मको बजेट व्यबस्था प्रदेश सरकारले गरेको छ । स्थानीय सरकारले पनि कोष स्थापना गरेको छ । तर जे सामानको आवश्यकता छ त्यहीं सामान नहुँदा स्वास्थ्यकर्मीहरु यो लडाईंमा विना हतियारका सिपाही बन्न पुगेको छ ।
त्यति मात्र होइन, विना तालिमका सिपाही मोर्चामा टिक्न सक्छ र ? आधारभूत कुराहरु मात्र भएपनि स्वास्थ्यकर्मीहरुलाई कार्यक्षेत्रमै तालिमको व्यवस्था गर्न आवश्यक देखिन्छ ।
स्थानीय सरकार प्रमुख र अन्य जनप्रतिनिधिहरु सस्तो लोकप्रियताको लागि प्रतिष्पर्धामा देखिन्छ । तर लडाईं साँच्चिकै लड्नुपर्ने अवस्था आए कुन अवस्थामा पुग्छ ? ख्याल गर्नुपर्ने सवाल होइन त ?
त्यसैले सबैभन्दा पहिला स्वास्थ्यकर्मी र उसको सुरक्षाको लागि चाहिने सामग्रीहरुको लागि स्थानीय सरकारले अवस व्यवहारिक रुपमा सोच्ने कि नसोच्ने ? कोरोना भाइरस तोस्रो चरण या यो चरणको नजिक पुगे के गर्ने ? त्यसैले बेलैमा सजक बनौं । आवरणमा मात्र रमेर जनताको भावना माथि खेलवाड गर्ने कि साँच्चिकै लडाईको तयारी गर्ने ? सस्तो लोकप्रियताको लागि गाउँ घुम्ने कि सम्भावित आक्रमणको सामाना गर्ने तयारी गर्ने ?
सरकारले म सक्दिन भन्ना पाईन्छ र? बहाना बनाउन पाईन्छ र ?
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।