बैशाख २, काभ्रे । विश्वब्यापी रुपमा फैलिदै गएको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लक डाउन लागू गरेको छ ।
लकडाउनलाई थप प्रभावकारी बनाउन आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सुचना जारी गरेको छ ।
सुचनामा अनावश्यक रुपमा हिडंडुल गर्ने ब्यक्तिहरुलाई सोही स्थानबाटै नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल हिंडी यस जिल्ला प्रवेश गर्नेलाई पुर्ण रुपमा प्रवेश निषेध गर्ने र अत्यावश्क सेवा बाहेकका सवारी पास नलिएका सवारी साधन सञ्चालनमा पुर्ण निषेध गर्ने लगायतको सुचना जारी गरेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















