काभ्रे । बनेपाका युवा व्यवसायीहरूले कोरोना भाइरसका कारण देश अहिले लकडाउनमा रहेको बेला जिल्लाको रोशी गाउँपालिकालाई हिजो (मंगलबार) १० थान पिपिइ र १ हजार माक्स हस्तान्तरण गरेका छन् ।
पिपिई र माक्स लिनेक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले सहयोगी युवाहरूलाई धन्यवाद व्यक्त गरेका थिए । गाउँपालिका अध्यक्ष लामाले भने ‘हामीले किनेर स्वास्थ्यकर्मीहरूलाई पिपिई र माक्स वितरण गछौँ भनेपनि नपाउने अवस्थामा युवाहरूले हामीलाई प्रदान गर्नुभयो धन्यवाद भन्न चाहन्छु ।’ । सरकारले गर्नुपर्ने काम युवाहरूले गरेकोमा आफूलाई खुसी लागेको लामाले बताएका छन् ।
काभ्रेर्को बनेपाका रहेको दि मार्क फेब्रिक्सका सञ्चालक प्रदिप कुमार प्रजापति, मेरो टेलर्सका सञ्चालक सञ्जीव बिक्रम थापा र नेशनल वयर एण्ड युनिफर्म प्रालिका सञ्चालक सुजन सुन्दासले संयुक्त रुपमा सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय समाजवादी पार्टी (राजपा)का केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला संयोजक सबरकुमार प्रजापतिको पहलमा उक्त सामग्री हस्तान्तरण भएको हो ।
















