६ बैशाख २०७७
काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए०ले सञ्चालन गरेको कोभिड–१९ राहत कोषमा जापानमा रहेका सफल व्यवसायी केशब अधिकारीले रकम सहयोग गरेका छन् ।
व्यवसायी अधिकारीले ७ लाख रुपैयाँ रकम सहयोग गरेका हुन् । उक्त कोषमा आजसम्मकै सबैभन्दा बढी रकम अधिकारीले गरेका छन् । यस अघि शेष घले र उपेन्द्र महतोले ५।५ लाख सहयोग गरेका थिए ।
कोरोना भाइरस ९कोभिड–१९० को महामारीले चपेटामा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न एनआरएनएले उक्त कोष संचालन गरेको हो । कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।