परिचय
मनमोहन अधिकारी नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य उनी इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए । अधिकारी आफ्नो गाउँ आफै बनाउँ र बृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्न पुगेका थिए । उनको जन्म ९ जुन १९२० मा भएको थियो ।
प्रारम्भिक जीवन
मनमोहन अधिकारी काठमाडौंको लाजिम्पाटमा जन्मिएका थिए। तर उनले आफ्नो बाल्यकाल भने विराटनगरमा बिताए र सन् १९३८ मा पढ्नको लागि वनारस गए। त्यतिबेला भारतमा भारतीय जनताले अंग्रेज शासनविरुद्ध स्वतन्त्रताका लागि आन्दोलन गरिरहेका थिए। मनमोहन अधिकारि लगायतका नेपाली विद्यार्थीहरुमा पनि त्यसको प्रभाव परिरहेको थियो । त्यसैकारण उनले पनि उक्त आन्दोलनमा भाग लिए र पहिलोपल्ट अंग्रेजले उनलाई जेल हाले । जेलमा भारतीय कम्युनिस्ट नेताहरूसँगको सम्पर्कका कारण अधिकारी कम्युनिस्ट विचारधारासँग आवद्ध बसे । त्यसपछि पाँच वर्षजति भारतकै विभिन्न क्षेत्रमा रही काम गरेर उनी नेपालमै आन्दोलनको अगुवाइ गर्ने लक्ष्य बोकेर फर्किए । नेपाल फ़र्किएपछि उनले विराटनगर कटन मिल्समा केमिस्टको नोकरी गर्न थाले ।
राजनीतिक यात्रा
विराटनगरमा जागिर गर्न थालेका मनमोहन अधिकारीले वि। सं। २००३ मा विराटनगरमा भएको मजदुर आन्दोलनको नेतृत्व सम्हाले । मजदुर आन्दोलनकै सिलसिलमा उनी तीन वर्ष जेल समेत परेका थिए। जेलबाट निस्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टी संग नजिक भए र फेरी २००७ सालमा राणा विरोधी कार्य गरेको आरोपमा जेल परे । १२ दिनपछि छुटेका उनले कहिल्यै पनि हतास भएर राजनीति छोडेनन्, बरु झन् पछि झन् बलियो बनेर अगाडी बढे। फलस्वरूपस् वि सं। २०२० मा भएको नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव चुनिए।
महासचिव भैसकेपछि उपचारको लागि चीन गएका मनमोहन नेपाल फर्किंदा सम्म नेपालको राजनितीमा उथलपुथल आयो र मनमोहनको पार्टीभित्रै विभिन्न गुटउपगुट हुन थाले। देशका विभिन्न घटनाक्रमले उनी फेरी २०१७ सालमा पक्राऊ परे र २०२५ सालमा मात्र रिहा भए। नेपाल कम्युनिष्ट पार्टी पहिलेको जस्तो थिएन, त्यहाँ भित्र भित्रै मतभेद र खुट्टा तानातानको स्थिति थियो। त्यसैले मनमोहनले आफ्नो छुट्टै पार्टी नेपाल कम्युनिष्ट पार्टी ९ मार्क्सवादी० खोले र त्यसको महासचिव बने। पार्टी सानो भएतापनि हिम्मत ठूलो थियो। त्यसैले उनी पंचायत विरुद्ध कडा रुपमा प्रस्तुत भए र बहुदलको पक्षमा गाउँ(गाउँमा कार्यक्रम गर्दै हिंडे। त्यतिबेला गरिएको जनमत संग्रहमा छल गरेर पंचायतले जित्दा पनि उनी प्रमाण सहित उनीहरुको विरुद्धमा लडे। त्यसपछि वि।सं। २०४६ को जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेका उनी पक्राऊ परे र आन्दोलन सफल भएपछी मात्र जेलमुक्त भए।
वि।सं। २०४६ को जनआन्दोलनको सफलतापछि मदन भण्डारीको माले र मनमोहन अधिकारिको पार्टी मार्क्सवादी एक भएर नेकपा एमाले बन्यो। पार्टी एकतापछि नेकपा एमालेको अध्यक्ष पदमा मनमोहन अधिकारि नै सर्वसम्मतले चुनिए । कुशल नेतृत्वदायी भूमिका र स्वच्छ छविका कारण उनी २०४९ मा भएको महाधिवेशनमा समेत अध्यक्ष पदमा चुनिए।
त्यसपछि वि।सं ०५१ मा भएको मध्यावधि निर्वाचन २०५ मध्ये ८९ सिट ल्याई एमाले संसदमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुन पुग्यो । ठूलो पार्टीको हैसियतले एमालेले अल्पमतको सरकार गठन गर्यो । मनमोहन अधिकारीले इतिहासको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरे । नौ महिनामात्र प्रधानमन्त्री भएका मनमोहनले निकै राम्रा र लोकप्रिय कार्यहरु गरे। त्यसपछि अर्थात २०५६ को निर्वाचनपछि पनि एमालेको सरकार आउने प्रबल सम्भावना थियो, किनकी जनताहरु मनमोहन अधिकारीको पक्षमा थिए । तर, चुनावी अभियानकै क्रममा उनी बिरामी परे र वि।सं २०५६ वैशाख १३ गते यस धर्तीबाट बिदा लिए।
सफलता
मनमोहन अधिकारी नेकपा एमालेको नेता भएपनि उनी सबैजसो नेपालीका प्रिय नेताका रुपमा चिनिन्छन् । वृद्धहरुको लागि सामाजिक सुरक्षा भत्ता दिने नियम सुरु गरेका उनी आज पनि नेपाली राजनीति क्षेत्रमा आफ्ना विचार मार्फत जीवित छन्।
मानिसको जीवनमा होस् या त समाज अथवा देशमा, यत्तिकै सपना मात्र देखेर परिवर्तन आउँदैन। त्यसको लागि आफ्नो सपनालाई वास्तविकतामा रुपान्तरण गर्ने अठोट हुनुपर्छ, त्यही अनुसार काम गर्नुपर्छ र जस्तोसुकै परिस्थतिमा पनि हिम्मत हार्नुहुँदैन।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















