राजु लो तामाङ

 चैत्र १८ सर्लाही । एफ.पि.ए. संस्थाले शनिबार हरिवनमा युथ मोटिभेशन प्रोग्राम सम्पन्न गरेको छ।

युवाहरुलाई सेवाको भावना बाट उत्प्रेरित गर्दै क्षमता विकास र समाज सेवामा लाग्न अनि स्वच्छ भावनाले स्वयंसेवकको रुपमा काम गराउन अभिप्रेरित गराउदै लैजाने उद्देश्यका साथ हिजो सम्राट होटलको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो।

प्रशिक्षक द्वय त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक डा. किशोर राज भण्डारी र जिन्तु नकर्मी खनालले युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा प्रोजेक्टरको प्रयोग गरी प्रशिक्षकले Core Values अन्तरगत रहेर पाँच वटा शिर्षकमा प्रशिक्षण दिनु भएको थियो।

जसमा १.वृहत हितको लागि जिउने, बाँच्ने (living for greater good) २. उर्दो परम्परा (Vertical tredition) ३. स्वामित्व (Ownership) ४. सामुहगत कार्य (Team work) ५. वृहत सपना (Big dream ) को विषयमा प्रशिक्षण दिइएको हो।

चालिस जना जति युवा युवतीको उपस्थित रहेको कार्यक्रममा प्रमुख अतिथि डा. किशोर राज भण्डारी विशिष्ट अतिथिमा जिन्तु नकर्मी खनाल, सर्भिस फर पिस सर्लाहीका अध्यक्ष सरोज खनाल अतिथिहरुमा हरिवन सेवा समाजका अध्यक्ष डाकुरनाथ खतिवडा, तामाङ पत्रकार संघ सर्लाहीका अध्यक्ष राजु लो तामाङ र अन्तरपार्टी महिला सञ्जाल हरिवन नगर कमिटीका सदस्य तारा ग्लान लगायतका उपस्थिति रहेको थियो।

शेर बहादुर योञ्जनको अध्यक्षतामा भएको कार्यक्रमलाई सोनी कुमारी बोम्जनले सञ्चालन गरेका थिए