२ जेष्ठ २०७७
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम शुक्रबार अपरान्ह सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
सरकारले यो नीति तथा कार्यक्रमा कोरोना भाइरसको महामारीबाट जुध्‍न रणनीति बनाएको छ। सरकारले कृषिलाई केन्द्रित गरेर विशेष कार्यक्रम ल्याएको छ।
नीति तथा कार्यक्रममा भारतले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता पनि घोषणा गरेको छ। विदेशबाट फर्केका युवलाई लगानी, सबै घरमा खानेपानी र देश बिजुली पुर्‍याउने योजना ल्याएको छ।
यसका साथै नेपाली झण्डासहितको पानीजहाज सञ्‍चालन र रेल सेवा चलाउने योजना पनि सरकारले ल्याएको छ।
नीति तथा कार्यक्रमको पूर्णपाठ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।