४ जेष्ठ २०७७
तेमाल । जिल्लाको तेमाल गाउँपालिकाले अति आवश्यक सेवा बाहेक अन्य सम्पुर्ण सेवाहरु बन्द हुने भएको छ ।
गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले एक सूचना जारी गर्दै आज (आइतबार ४ गते) देखि जेठ ११ गते सम्मका लागि सम्पूर्ण सेवा वन्दहुने जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिई रहेको कोरोना भाईरस (कोभिड–१९) रोगको संक्रमण नेपालमा पनि फैलिईरहेको वर्तमान विषम परिस्थितिमा भाईरस संक्रमणको जोखिम न्युनिकरण गरि सम्पुर्ण तेमालवासीहरुको जनजिवन सुरक्षित गर्ने उदेश्यले सम्पूर्ण सेवा बन्द गर्ने अध्यक्ष तामाङद्वारा जारी सूचनामा उल्लेख छ ।
गाउँपालिका कार्यालय र वडा कार्यालहरुले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने सुचनामा उल्लेख छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।