१० जेष्ठ २०७७
धुलिखेल । काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष माथि आक्रमण गरेको छ । आज वडा अध्यक्ष भरत बहादुर शिवभक्ति माथि माथि चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ बिर्तादेउरालीका युवाहरुले आक्रमण गरेका हुन् ।
युवाहरुको आक्रमणबाट वडाध्यक्ष शिवभक्तिको बायाँ पातामा चोट लागेको प्रहरीले जनाएको छ ।
स्थानीय खहरे खोलामा खोलामा ब्याट्री प्रयोग गरेर माछा नमार्न आग्रह गर्दा आफु माथि युवाहरुले आक्रमण गरेको वडाध्यक्ष शिवभक्तिले जानकारी दिए । वडाध्यक्षलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको स्थानीय सुरज पहरीले बताए ।
यसैबीच वडा अध्यक्ष शिवभक्ति माथि आक्रमण गर्ने १० जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौरीदेउराली वडा नम्बर ८ बिर्ताका २२ बर्षीय सिताराम माझी, २० बर्षीय निरज माझी, २० बर्षीय रविन माझी, १८ बर्षीय सागर माझी, २२ बर्षीय जीवन माझी, १९ बर्षीय प्रविन माझी लगायतका रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याएको छ भने घटनामा संलग्नलाई कानुन बमोजिम कारवही गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपि रविराज पौडयालले बताए ।
कानुनमा यसरी विद्युतीय धराप थापेर माछा मार्न नपाईने प्राब्धन रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















