डान्वा खामा ताङसी चु सेम
स्यान्दो बेनान प्लेला
स्यान खाल्दै अग्यान सेमरी
एदान ग्यान्ना सेमरी।
भन्ने तामाङ प्रेम गीतको अडियो सार्वजनिक गरेको छ।सानै उमेरदेखि सांगीतिक दुनियाँमा अाफ्नो उज्ज्वल भविष्य खोज्दै अाएका युवा गायक हावा लामा र चर्चित गायिका शशिकला मोक्तानको सुमधुर अावाज रहेको छ।पत्रकार तथा सञ्चारकर्मी सुदिन लामा दोङको शब्द संकलन रहेको गीतमा संगीत संयोजन गायक प्रतिक मोक्तानले गरेका थिए।भने एरेन्जर संगीतकार तथा गायक जोकलाल लामा,मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।
बिल्कुलै माया, ममता,स्नेह र प्रेममा अाधारित रहेको छ। मायामा के हुनुपर्छ,मायामा मन कस्तो हुन्छ साथै एकअर्कामा कतिको विश्वासिलो हुँदोरहेछ भन्ने कुरा गीतबाट प्रष्ट गरिन्छ ।उक्त गीतको म्युजिक भिडियो बिश्वमा अाएको महामारी कोरोना भाईरसका कारण रोकेको हुनाले गीतका अडियो मात्रै बजारमा ल्याएको गायक हावा लामाले जानकारी दिएका छ।
उक्त गीतको अडियोलाई डम्फू मिडिया हाउस प्रालि अफिसियल च्यानलबाट बजारमा सार्वजनिक गरेका छन् । अडियो सुन्नु होस्