रोशी काभ्रे । सुनेको थिएँ अापतको बेलामा भगवान प्रकट हुन्छ ।भन्ने झै साच्चिकै भगवान जस्तै भनि गरिबीको अात्मालाई बुझि दिने एक सहयोगी हृदयका महान सोच भएको व्यक्ति हुन् रोशन लामा ।

smart

युवा व्यवसायी तथा समाजसेवी रोशन लामाले ६३ घरघुरीलाई राहत वितरण गरिएको छ।काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा ६,७,८ मा खाद्यान्न सामाग्री वितरण गरेका थिए।

समाजसेवी तथा तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष विकु थोकरको बिशेष पहलमा रोशी गाउँपालिका वडा नं.६,७ र ८ नम्बर वडाहरुका विपन्न,असहाय,अशक्त,एकल महिला,जेष्ठ नागरिकहरुलाई प्रती घर परिवार १ बोरा चामल,४ केजि दाल,२ केजि मस्यौंरा,२ केजि नुन र १ लिटर खाने वितरण गरेको हो।

अध्यक्ष विकु थोकरले लकडाउनका कारण दैनिक जीवन कष्टकर र समस्या बन्दै गएको बेला अाफु टुलुटुलु हेरि बस्न नसक्ने भन्दै अाफुले सकेको सहयोग निरन्तर गर्न अाफु तयार भएको बताएका छ।

सबैको दैनिकीमा समस्या पारेको छ । हातमुख जोड्न निकै समस्या अाएको बेलामा अाफुले सकेको थोरै खाद्यान्न सामाग्री वितरण गर्न पाउँदा अाफु निकै खुशी भएको व्यक्त गर्दै मैले जति वितरण गरें यो खाद्यान्नले केही हुदैन । तर केही दिनको लागि भएपनि अलि सहज होस् भनेर अाफुले वितरण गरेको बताएका छन् ।

smart

राहत वितरण सहकार्यमा समाजिक अभियन्त सरोज लामा घिसिङ, सागर घिसिङ,हरिशरण श्रेष्ठ विवेक लोप्चान लगायत सहभागी भएको थियो।भने अाफुले सकेको सहयोग निरन्तर समाजमा गरिरहने बताएका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।