३१ जेष्ठ, २०७७ काभ्रे । जिल्लाको तेमाल गाउँपालिकाका वृद्धवृद्धाहरुलाई हिजो शुक्रबार स्वास्थ्य कार्यालय काभ्रेले छाता र लठ्ठी र रुमाल वितरण गरिएको छ ।
पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा छाता, लठ्ठी र रुमाल वितरण गरेको हो । ६५ जना वृद्धवृद्धाहरुलाई छाता, लठ्ठी र रुमाल वितरण गरिएको स्वास्थ्य कार्यालय काभ्रे प्रमूख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।
सामग्री प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, प्रहरी प्रमुख एसपी रविराज पौडेल, राष्ट्रिय अनुसन्धान डिएसपी सरोज निरौला,गाउँपालिका प्रमूख सलाम सिं तामाङ, उपप्रमुख दुर्गामाया तामाङ लगायतले वितरण गरेका थिए ।
जिल्लाबाट पुगेको टोलीले चापाखोरी र पोखरी नारायणस्थानमा रहेको क्वारेन्टाइन समेत अनुगमन गरेको थियो । तेमाल गाउँपालिकाले प्रत्येक वडामा १०।१० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । पालिका स्तरिय र वडाका सहित गर्दा तेमाललमा १०५ बेडको क्वारेन्टाइन तयारी अवस्था रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















