तेमाल। काभ्रे तेमाल गाउँपालिका वडा ९ चोपटारमा युवा व्यवसायी तथा समाजसेवी रोशन लामाले खाद्यान्न सामाग्री वितरण गरिएको छ। चोपटारमा ९५ घरधुरी परिवारलाई प्रतिधुरी १, बोरा चामल, २ केजि दाल१ केजी मस्यौंरा १ केजी नुन,१, लिटर तेल वितरण गरेको हो।
कोरोनाभाइरसको कारणले निकै समस्यामा परेका काभ्रे तेमाल गाउँपालिका वडा ९ चोपटारमा अपंगता,अशक्त एकल महिला गरि ९५ घरधुरीलाई लामाले खाद्यान्न सामग्री वितरण गरेका थिए।
समाजसेवी तथा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यमा उक्त खाद्यान्न हस्तान्तरण भएको थियोे । राष्ट्रिय खेलाडी तथा समाजसेवी सागर घिसिङ,मिसन समृद्ध नेपालका सचिव सरोज घिसिङ,समाजसेवी हरि श्रेष्ठ, विरमान पाख्रिन लगायतका विशेष व्यक्तित्वहरुको उपस्थिति रहेका थिए।
लामाले लकडाउनले समस्यामा परेका दैनिक ज्यालादारीमा काम गर्न निकै अप्ठ्यारोमा पारेर हातमुख जोड्न समस्या अाएको बेलामा अाफुले सकेको थोरै खाद्यान्न सामाग्री वितरण गर्न पाउँदा अाफु निकै खुशी भएको व्यक्त गर्दै, अाफुले जति सकिन्छ निरन्तर रुपमा समाजिक कार्यमा लागि रहने बताउनु भयो ।खाद्यान्न वितरण ग्रामीण जनसेवा युवा क्लब अध्यक्ष विकुलाल लामाको विशेष उपस्थितिमा गरेको थियो ।

उक्त राहत वितरण सामाजिक अभियन्त तथा मिसन समृद्ध नेपालका अध्यक्ष सुदिन लामाको विशेष पहलमा वितरण गरेका थिए।

Comments

comments