२४ चैत्र, काठमाडौं । साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले एक कार्यक्रमका बीच सम्मानीत भएका छन् ।
भ्वाईस अफ ओमेन फर प्रोस्पेरीटी नामक संस्थाले शनिबार आयोजित अन्तरकृया कार्यक्रममा घलेलाई सम्मान गरेको हो ।
घलेलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संघीय सांसद नविना लामाले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।
संस्थाले संघीय गणतान्त्रिक नेपालमा महिला पहिचान र समृद्धि विषयक अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद नविना लामा, पूर्व राज्यमन्त्री देवी खड्का, सीता थापा, लक्ष्मी उप्रेती, साहित्यकार भद्रकुमारी घले लगायतले महिला पहिचान र समृद्धिकोबारेमा चर्चा गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष सुधा मैनालीको अध्यक्षतामा तथा यशोधा मैनालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।