६ असार,२०७७ काठमाडौं । लगानी बोर्डले विभिन्न सात परियोजनाका लागि एक सय ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो । निर्णय अनुसार लगानी स्वीकृत भएकामा पाँचवटा जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योग परियोजना रहेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























