१३ असार २०७७
तेमाल । काभ्रेको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ को बजेट सार्वसम्मतले पारित गरेको छ । शुक्रबार सम्पनन भएको गाउँसभामा उपाध्यक्ष दुर्गामाया तामाङले प्रस्तुत गरेकी बजेट सभाले पारित गरेको हो ।
सभामा उपाध्यक्ष तामाङले ४८ करोड ८८ लाख ५३ हजार ७ सय ७२ रुपैयाँ बजेटको प्रस्ताव गरेकी थिइन् ।

उनका अनुसार संघीय सरकारबाट वित्तिय समानीकरण अनुदानमा जम्मा रु. ९ करोड २३ लाख, संघीय सरकारबाट शशर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य, उर्जा, खेलकुद लगायतको शिर्षकमा एक मुष्ट रु. १८ करोड ६५ लाख, सामाजिक सुरक्षा भत्ता बापत रु. ७ करोड ७४ लाख, वागमती प्रदेशबाट वित्तिय समानिकरण अनुदानमा रु. ९९ लाख २१ हजार, शशर्त अनुदान तर्फ रु. १ करोड ४५ लाख ९८ हजार, तेमाल गाउँपालिकामा रहेका श्रोतको पहिचान गरी आगामी आर्थिक वर्षमा १ करोड ३२ लाख रुपैयाँ, चालु आर्थिक वर्षमा विनियोजन भएको तर काम सञ्चालन नभएका करिब ५ करोड १० लाख रहेको छ ।

उमाध्यक्ष तामाङले आर्थिक वर्ष २०७७।७८ को बजेटका प्राथमिकताहरुमा गुणस्तरीय शिक्षा, कृषिमा व्यवसायिकरण तथा पशजन्य वस्तुहरुमा आत्मनिर्भरता, आधारभूत स्वास्थ्यलाई सर्वसुलभ बनाई सर्वसाधारण जनताको पहुच योग्य बनाउने, पर्यटन पूर्वाधारको विकास र प्रवद्र्धन लगायतका राखेकी छिन् ।
बजेटलाई सर्वसम्मतिले पारित गरेको छ ।
यस्तो छ बजेटः
गाउँपालिका स्तरको बजेटः

वडा स्तरीय बजेटः
वडा नं. १
वडा नं. २
वडा नं. ३
वडा नं. ४
वडा नं. ५
वडा नं. ६
वडा नं. ७
वडा नं. ८
वडा नं. ९
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

































